भारतीय प्रतिबन्धित ५०० को नोट सहित घोडासाहनका अनिल कुमार पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले भारतीय प्रतिबन्धित नोट सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका  प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा नियमितरूपमा चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट संकास्पदरूपमा आउदै गरेको भारत पुर्बी चम्पारण बिहार जिल्ला मोतिहारि घोडासाहन बस्ने दिनानाथ प्रसादको छोरा बर्ष २९ को अनिल कुमारलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू.५०० दरका नोट ४३८ थान गरी जम्मा भारतीय रू.२,१९,०००।–( दुई लाख उन्नाइस हजार) फेला परेको हुँदा उल्लेखित भारतीय रुपैया बरामद तथा निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि आजै बिरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी गराउनु भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...