आशा किरण केन्द्रको प्राङ्गणमा ९० थान विभिन्न जातजातका बिरुवा रोपियो

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न.१४ पिपरा स्थित सिद्धार्थ माबि चिनिमिलको प्राङ्गणमा रहेको आसा किरण केन्द्रमा मंगलवार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा, भारतिय  महावाणिज्य दूतावास बिरगंज , बिरगंज महानगरपालिकाको कार्यालय र आसा किरण केन्द्र बिरगंज पर्साको सन्युक्त आयोजनामा बृहत बृक्षारोपण कार्यक्रममा ९० थान विभिन्न जातजातिका बिरुवाहरु रोपिएको थियो ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा तथा जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल , भारतीय महाबाणिज्यदुत देवि सहाय मिना , जिल्ला प्रहरी कार्यालय पर्सा महिला सेलकि प्रमुख प्रहरी निरीक्षक निता थापा , वन डिभिजन कार्यालय बिरगंज पर्साका सुनिल कुमार कर्ण , ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साका उपाध्यक्ष संजय शर्मा , सदस्यहरु मुकेश खेतान , सुशिल कादमिया , चन्द्र अग्रवाल , वडा प्रहरी कार्यालय श्रीपुरका प्रबनानि गोरख शाहि , श्रीजंग गण बिरगंज पर्साका बिष्णु हरि घिमिरे , सामुदायिक आँखा अस्पताल बिरगंजका डा. महेश सिंह धामि , जेष्ठ नागरिक एवं समाजसेवी वसन्त बहादुर उपाध्याय , आसा किरण केन्द्र बिरगंज पर्साका नुतन सरावगि , समाजसेबि  कमल प्रसाद चौलागाई , सन्चारकर्मि  संतोषमान रन्जितकार , ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका ईन्चार्ज प्रबह बिबेक राउत कुर्मी , प्रज अम्मर सिंह साउद र पुर्ण कुमारी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...