शरीरमा लुकाई छिपाई ल्याउदै गरेको ५ केजि गाजा सहित पर्सागढिका दुई जना पक्राउ ।

Date:

अजित कुमार भुजेल , बिरगंज । ५ केजि गाजा सहित दुई जना पक्राउ परेको छ ।

विशेष सूचनाको आधारमा २२ गते मंगलवार अंदाजि १:०० बजेको समयमा जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. ५ सोलखपुर स्थित महुवन पर्टेवासुगौली सडक खण्डमा पर्टेवासुगौलीबाट महुवन तर्फ आउदै गरेको ना ३८ प १८२५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी महुवन पर्साबाट खटिएको चेकिङ टोलीले उक्त मोटरसाइकल रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा मोटरसाइकल चालक जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३३ को बालेश्वर प्रसाद यादवले आफ्नै शरिरमा लुकाई छिपाई राखेको लागु औषध गाँजा २.५ के.जी. र पछाडि सवार सोहि ठाउ बस्ने बर्ष ५५ को देबेन्द्र यादवले आफ्नो शरिरमा लुकाई छिपाई राखिएको लागु औषध गाँजा २.५ के.जी. गरी जम्मा लागु औषध गाँजा ५ के.जी.फेला परेको हुँदा उल्लखित परिमाणको गाँजा र निजहरूले चलाइ ल्याएको ना ३८ प १८२५ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी दिपक भारतिले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...