बिरगंजको बाल सुधार केन्द्रमा घुम्ती स्वास्थ्य शिबिरद्वारा १३५ जनाको स्वास्थ्य परिक्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिका वडा न.४ स्थित बाल सुधार गृहको प्राङ्गणमा आज घुम्ती स्वास्थ्य शिबिरको आयोजना गरेको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, नेशनल मेडिकल कलेज बिरगंज र रुङ्ग्टा वेलफेयर सोसाइटी बिरगंजको सन्युक्त आयोजनामा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको थियो  ।

स्वास्थ्य शिविरमा जेष्ठ  नागरिक तथा बालबालिका गरी जम्मा १३५ जनाको स्वास्थ्य परिक्षण गरेको थियो । जसमा बाल सुधार गृहका १२५ जना र जेष्ठ नागरिक १० जना रहेको ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विशिष्ठ अतिथि नेशनल मेडिकल कलेजका डाइरेक्टर डा. इशरत जाहान, प्रहरी उपरिक्षक कुमोद ढुङ्गेल, रुङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुङ्गटा, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटि ,  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक निता थापा , बिरगंज महानगर पालिकाका सरसफाई प्रमुख सर्फुदिन मिया , नेशनल मेडिकल कलेजका डाक्टरमा फिजिसियन डा. सुधाकर झाँ, बालरोग बिशेषज्ञ डा. असफाक अंसारी, सामुदायिक आखा अस्पताल बिरगंजका डा. महेश सिंह धामि , नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष सुष्मा शर्मा, वानका प्रदेश अध्यक्ष आशिक अंसारी, ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका सचिव रतन टेमानि ,  सदस्यहरु  सुशिल कादमिया , त्रिलोचन दारुका , राकेश अग्रवाल , प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मि , प्रहरी जवान अम्मर सिंह साउद  लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...