नव नियुक्त प्रदेश यातायात मन्त्री कौशल किशोर राय सङ भेटघाट तथा सम्मान

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाली कांग्रेस पर्सा कार्यसमितिले मधेस प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको उपस्थितिमा आज भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ।

नेपाली कांग्रेस पर्सा जिल्लाका सभापति तथा मधेस प्रदेशका भुमी तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सो कार्यक्रमको आयोजना गरिएको थिए।

प्रमुख अतिथी रहेका मन्त्री रायले मधेस प्रदेशको अहिले विशेष परिस्थितिमा जनताले महसुस हुने गरी काम गरी रहेको बताए।

मधेस प्रदेशमा नेपाली कांग्रेसले पाएको चार मन्त्रालयले अरु भन्दा फरक हिसाबले काम गरी रहेको तथा मधेस प्रदेशका जनताले अनुभुती गर्ने गरी विकास कार्यहरु अगाडि बढाएको बताए।

त्यस्तै उनले बिगतका दिनमा अरु पार्टीले सरकार बनाएर धेरै भ्रष्टाचार गरेको बताए। अबका दिनमा यस्ता विकृति हताएर एउटा सिस्टममा आफुहरु काम गरिरहेको बताए।

त्यस्तै कार्यक्रमका सभापति तथा भुमी तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले मधेस प्रदेशको २०८१/८२ सालको बजेट पास भएपछि मात्र आफुहरु मन्त्रीमा नियुक्त भएकोले विकासका योजनाहरु बजेटमा समाबेश गराउन नपाएको बताए। उनले बजेटमा सन्तुलन कायम गर्नु पर्ने बताए। त्यसै उनले कृषि पेसामा दलालहरुको बढी चलखेल हुने भएकोले सम्पुर्ण किसान मिलि दलाली गर्नेलाई खेदेर्नु पर्ने बताए।

साथै मन्त्री क्षेत्रिले भने नेपाली कांग्रेस र जनमत पार्टी बिच मन्त्रालयको भागबण्डा मिलनमा ढिलो भएको हुनाले हामी बजेटमा आफ्नो भनाई समेटन सकेनौ तर पनि हामि जनताकै पंक्षमा सधै रहेर काम गर्ने बताए।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्सा जिल्लाका  उपसभापति रामनारायण कुर्मीले मधेस प्रदेशका जनताको सेवा गर्न नेपाली कांग्रेसलाई अवसर पाएकोमा यस अवसरलाई बढी भन्दा बढी सदुपयोग गर्न उनले आग्रह गरेका छन।

मन्त्रीहरुलाई शुभकामना दिदै उनले श्रम मन्त्री कौशल किशोर राय संग मजदुरहरुको समस्यालाई सम्बोधन गर्न श्रम कार्यालयलाई कडा निर्देशन दिनु पर्ने बताए। त्यस्तै हाम्रो पार्टीले जुन मन्त्रालय पाएछ त्यस मन्त्रालय लगायत मन्त्रालय अन्तर्गत पर्ने सम्पूर्ण कार्यालयहरूमा जनताको हकहितको निमित्त कार्यहोस र मधेश प्रदेशमा नेपाली काँग्रेस पार्टी पहिलो हुने बताए।

भेटघाट तथा सम्मान कार्यक्रममा मधेश प्रदेश सभा सदस्य श्याम पटेल,नेपाली कांग्रेस पर्साका उप-सभापति अशोक गुप्ता,सह-सचिव मदन यादव,सहसचिव नबिन सिंह,कोषाध्यक्ष प्रेम थापा,प्रवक्ता रमेश पाण्डे,जिल्ला सदस्य जगन राउत कूर्मि,पुर्ब मेयर लोकनारायाण यादव,पुर्ब उपमेयर शान्ति कार्की ,क्षेत्र नं१ का कार्यवाहक सभापति अनिल सिंह,नगर सचिव श्याम पटेल,वडा अध्यक्ष शम्भु मिश्र,युवा नेता हरिन्द्र यादव, बाबुनन्द पटेल,जे.पि.ठाकुर,ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादव,तरुण दलका नेता,लगायतका व्यक्तिहरूको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस पर्साका उप-सभापति अशोक कुमार गुप्ताले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...