मधेस तेस्रो आखा दैनिक पत्रिकाको तेस्रो बार्षिकोत्सव धुमधामका साथ सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । मधेश तेस्रो आँखा दैनिक पत्रिकाको तेस्रो बार्षिक उत्सव आज बिरगंजमा सम्पन्न भएको छ ।

बिरगंजको होटेल क्लासिक बैकक्युटमा  पत्रिकाका संचालक मुनेश लायो मगरको अध्यक्षता सम्पन्न भएको सो कार्यक्रमका  प्रमुख अतिथि जगरनाथपुर गाँउपालिकाका प्रमुख श्रीकान्त यादवले आफुलाई थाहै नभएको योजनाबारे अध्यक्षले भस्टचार गरेको समाचार  पत्रकारले व्यक्तिगत रुपमा लेख्ने गरेकोमा चिन्ता व्यक्त गर्नु भएको थियो ।

त्यसैगरि केहि मिडियाले आफुले चड्ने गाडि र रक्सौलमा व्यक्तिगत किनमेल गर्ने गाडीको नम्बर र गाडि अन्यको फोटो राखेर चरित्रहत्या गर्न खोज्ने पत्रकारलाई अब सबैले चिनि सकेकोले त्यस्ता समाचारको पछी नलाग्न आग्रह गर्दै सत्यतथ्य समाचार जनतामा ल्याउन र आफ्नो पेशाको मर्यादा पालन गर्न सवै सन्चारकर्मिहरुलाई सुझाव दिनु भएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, नेपाल सौन्दर्यकर्मी युनियन मधेश प्रदेशका अध्यक्ष ओमकुमारी शर्मा,संखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य जगत राई, पर्साका अध्यक्ष दिपक गौतम , प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथीहरुले आर्थिक मन्दीको बेला दैनिक पत्रिका प्रकाशन गर्नु निकै चुुनौती रहेको बताएका थिए । पछिल्लो समय निष्पक्ष पत्रकारितामा प्रश्न खडा भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका थिए । प्रिन्ट मिडियालाई अनलाईन मिडियाले चुनौती दिईरहेको बेला पत्रिकाले पाठकको चाहना अनुसारको कन्टेन्ट दिनुपर्ने धारणा राखेका थिए ।

पछिल्लो समय केहि पत्रकारले एक पक्षिय ढङ्गले समाचार लेखेर सिंगो पत्रकारिता जगतलाई बदनाम गर्ने काम गरेकोमा चिन्तामा व्यक्त गरेका थिए ।

सो अवसरमा पत्रकार र पत्रिका व्यवस्थापनमा पालिकाले सक्दो सहयोग गर्ने उपस्थिती पालिका अध्यक्षले प्रतिवद्धता समेत गरेका थिए।

कार्यक्रमको सहजीकरण सुर्यशुभचिन्तकले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगन्जमा बैशाख १ गते ” हनुमान आराधना तथा महाआरति ” आयोजना हुने

पर्सा पोस्ट, चैत ३० गते, वीरगञ्ज । वीरगञ्जमा नयाँ वर्षको...

नारायणी अस्पतालमा २४ औं महिनासम्म निरन्तर नि:सुल्क भोजन सेवा सम्पन्न

पर्सा पोस्ट, चैत २८ गते, वीरगञ्ज । वीरगञ्ज समाज सेवाको...

विरगंज वडा न. ८ को नवनिर्मित कार्यालय भवन उद्घाटन , सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा

पर्सा पोस्ट, चैत २७ गते, वीरगंज । वीरगंज महानगरपालिका वडा...