सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लिको आयोजनामा वडा न.२३ स्थित माउन्ट हर्मन माबिमा आखा तथा दन्त शिबिर कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ को आयोजनामा  आँखा तथा दान्त शिविर कार्यक्रम भएको छ।

सामुदायिक सेवा केन्द्रका सचिव कुल नारायण प्रधान (दिलिप ) को अध्यक्षता तथा बीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनी विर्ताका वडा अध्यक्ष अवध किशोर कुशवाहाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

शिविरको उदघाटन समारोहमा वडा अध्यक्ष कुशवाहाले  आफ्नो वडामा यो सामुदायिक सेवा केन्द्रले आफ्नो वडामा आएर यो आँखा तथा दन्त शिविरको आयोजना गरेर सहयोग पुराउने काम गरेकोमा धन्यवाद दिनुहुँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम आयोजना गर्न अपिल गर्नुभएको छ।  वडा अध्यक्ष कुशवहाले पहिला एसपी गंगापन्त तथा वडा वडा प्रहरी कार्यालय श्रीपुरका  प्रहरी निरिक्षक चक्रबहादुर मल्ल र वडा प्रहरी कार्यालय विर्ताका निशान रहेको बेला हरेक शनिबार प्रहरी र स्थानीय बासिन्दा बीच विभिन्न कार्यक्रम आयोजना गर्ने गरेकोमा अहिले आएर यस्ता कार्यक्रम बन्द भएकोमा यो सामुदायिक सेवा केन्द्रले आफ्नो वडा तथा माउन्ट हर्मन माविका विद्यार्थीहरुको आँखा तथा दन्त शिविर गरेकोमा खुशी ब्यक्त लागेको वडा अध्यक्ष कुशवहाले बताएका छन् ।

कार्यक्रममा माउन्ट हर्मन माविका डाइरेक्टर तथा प्रिन्सिपल सन्तोष प्रसाद साहले सामुदायिक सेवा केन्द्रले यस्ता सामाजिक कार्य जस्तो आँखा तथा दन्त शिविर आयोजना गरेर विद्यार्थी तथा अभिभावक र स्थानीय बासिन्दाहरुलाई अवसर प्रदान गरेकोमा धन्यवाद दिनुभयो।

उहाँले भने यस्ता  यहाँ कार्यक्रम आयोजना गर्ने खोज्दा कम मात्रामा संस्थाहरु आउने गरेको गुनासो राख्नु भएको थियो ।  प्रिन्सिपल साहले भने हामीलाई यो कार्यक्रममा सहभागी गराउने अवसरमा जुटाउने पत्रकार जगत राईलाई विशेष धन्यवाद समेत दिनुभएको छ।

कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुर प्रनानी गोरख बहादुर शाही ,वरिष्ठ उपाध्यक्ष जयालाल साह,आवाज एफएमका पत्रकार राकेश साह,सइ स्वपनील सापकोटा ,शिक्षक रामेश्वर यादव ,प्रविन प्रसाद साह,शिक्षिका रजनी यादव ,शान्ति सिंह देवी ,कल्पना गिरिनिलम दन्त ,मधु सिंह ,अनु बर्णवाल,प्रमिला शाही ,रुपमा राणा , विद्यार्थी तथा अभिभावक स्थानीय बासिन्दाहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

दन्त शिविरमा कमला डेन्टल क्लिनिकका डाक्टर राहुल गुप्ताले चेकजाँच गरिरहनु भएको छ भने आँखा शिविरमा माट्रिका आइ फाउन्डेसनका सिवानी चौरसिया तथा राजेश चौरसियाले चेकजाँच गरिरहनु भएको छ।कक्षा १ देखि ११ कक्षा सम्मका ८०० विद्यार्थीहरुको आँखा तथा दन्त शिविरमा सहभागी रहेको प्रिन्सिपल सन्तोष प्रसाद साहले जानकारी दिनुभएको छ।

कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लिका कोषाध्यक्ष राधा शर्माले गरेकी थिइन् भने सहजिकरण पत्रकार जगत राईले गर्नुभएको थियो ।

त्यसैगरि आजै सोही कार्यक्रममा कक्षा ९, १० र ११ का विद्यार्थीहरुलाई लागू औषध तथा साइबर क्राइमबारे प्रशिक्षण वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नायब निरीक्षक स्वपनील सापकोटाले दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...