बजार छ्पकैया स्थित डोम बस्तिमा ग्रिनसिटिद्वारा स्वास्थ्य शिबिरको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेशनल मेडिकल कलेज वीरगंज पर्सा, समुदायिक आखा अस्पताल वीरगंज पर्सा, रुङ्गता वेलफेयर सोसाइटी वीरगंज पर्सा तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर आदर्श नगर १० वीरगंज पर्साको संयुक्त आयोजनामा स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज महानगरपालिका वडा नं ०१ बजार छपकैया डोम बस्ती टोलमा स्वास्थ्य शिविर (आँखा , दात, कान, सुगर blood pressure, सम्बन्धि चेकजाँच ) कार्यक्रमका नागरिक समाज , समाज सेवी, विभिन्न संघ संस्था सरकारी गैर सरकारी कार्यालयका पदाधिकारिहरु , सञ्चारकर्मीहरु तथा ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका पदाधिकारिहरुकाे उपस्थितमा महिला, पुरुष वालवालिका तथा जेष्ठ नागरिक गरी जम्मा २३५ (दुई सय पैंतीस) जनाको चेकजाँच गरेको थियो ।

ग्रिनसिटि सामुदायिक स्र्वा केन्द्र आदर्शनगरको अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा तथा वेलफेयर सोसाइटी वीरगंज पर्साका अध्यक्ष सुरेश कुमार रुङ्गटाको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल १३ न. गण वीरगंज पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह , नेशनल मेडिकल कलेज वीरगंज पर्सा मेडिकल डाईरेक्टर साहनवाज अन्सारी , डाक्टर ईशरत जहान अन्सारी , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रहरी वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल , ईलाका प्रहरी कार्यालय छ्पकैयाका प्रहरी नायव निरीक्षक ज्योति प्रकाश कार्की , ग्रीन सिटी समुदायिक सदस्य रतन टेमानि , कैलाश बजाज , समाज सेवी बजार छपकैया ओमप्रकाश गुप्ता , नागरिक समाज बजार छपकैयाका बिजय सहनी , समाज सेवी लालबाबु साह , कमल चौगाई , सन्चारकर्मी सुनिल श्रेष्ठ, नेशनल मेडिकल कलेज वीरगंज पर्साका डा. देवेन्द्र जैसवाल, डा. अपसना खातुन , डा. रुपेश कुमार झा , डा.आलोक कुमार सिंह , डा. सलिमा खड्का , सामुदायिक आँखा अस्पताल वीरगंज पर्साका डा. प्रसान्त चौरसिया , मेडिकल संयोजक महेश सिंह धामी , ग्रीनसिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंज पर्साका प्रहरी वरिष्ठ हवल्दार प्रेम राम , प्रहरी जवान पुर्ण कुमारी श्रेष्ठ , प्रहरी जवान  अमर सिंह साउद लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...