स्व. गिरिजा प्रसाद कोईरालाको शालिक पुर्नस्थापना गरि अनावरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न.२ छ्पकैया इदगाह चौकमा नेपाली काग्रेंसका वरिष्ट नेता शेखर कोइरालाले स्व गिरिजाप्रसाद कोइरालाको पूर्णकदको शालिक अनावरण गरेका छन् ।

स्व. कोइरालाको १०१ औँ जन्मजयन्तीको अवसरमा मंगलवार  शालिक अनावरण गरेको जनाइएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. २ पर्साको आयोजन एवम् गिरिजा प्रसाद कोइराला फाउण्डेशनको सहयोगमा शालिक अनावरण गरिएको हो ।

मधेश आन्दोलनका क्रममा छपकैयास्थित कोइरालाको शालिकमा तोडफोड भएको थियो । सोही स्थानमा उनको शालिक पुर्नस्थापना गरी आज अनावरण गरिएको हो ।

नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद सहावुद्दिनले मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक पुर्नस्थापना गरी अनावरण गरिएको बताए ।

प्रदेश सरकारको १६ लाख रुपैँयाको बजेटमा कोइरालाको शालिक सहित अन्य संरचना तयार पारिएको नेपाली काग्रेंस पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...