सशस्त्र प्रहरी बल नेपाल बाराका सप्रनाउ कटवालद्वारा लागु औंषध चरेस बरामद

Date:

अजित कुमार भुजेल , बिरगंज । सशस्त्र सिमा सुरक्षा गुल्म मटिअर्वा बाराले लागु औंषध चरेस सहित दुई जनालाई पक्राउ गरेको छ ।

मंगलवार राति अन्दाजी १०:१० बजे बारा कलैया -१० शनिच्ररा मठ ईलाकामा सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म मटिअर्वाबाट आई. डि. न. २६०५  सप्रनाउ भवराज कटवालको कमान्डमा खटिएको ४ जनाको मोटरसाइकल गस्ती टाेलीले नेपालबाट भारत तर्फ जादै गरेको भारतीय नम्बरको BR05BE0767 च्यासिस नम्बरको ME4JC944BRG059880 ईन्जिन नम्बर JC94EG0534660 को 5P 125  DC  मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार २ जना व्यक्तिहरुले हेल्मेट र मोटरसाइकलको सिट भित्र लुकाई छिपाई राखेको अन्दाजी १० केजि २३० ग्राम अबैध लागु औंषध चरेस सहित भारत जिल्ला मोतिहारि थाना आदापुर पन्चायत बेलवा बस्ने अन्दाजी बर्ष १८ को मनिष कुमार र भारत रामपुर बस्ने अन्दाजी बर्ष २१ को भरत साहलाई  पक्राउ गरिएको हो।

बरामद  समान , मोटरसाइकल सहित दुबै जनालाई आजै आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल न.१२ गण हे. क्वा. बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...