२१ औं धान दिवस बिरगंजमा पनि मनाईयो ।

Date:

अजित कुमार भुजेल , बिरगंज । असार १५ गते राष्ट्रिय धान दिवसको उपलक्ष्यमा देश भरी नै खेतमा धान रोपेर मनाउने गर्छन् । बिरगंजमा पनि बिरगंज महानगर पालिका उपप्रमुख इम्तियाज आलमले धान रोपेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

आजै कै दिन असार १५ गते स्थानीय कृषक तथा कर्मचारी ,  युवायुवतिहरु हर्सोहुलासका साथ धान दिवस मनाई रहेका छन। बिरगंज  महानगरपालिका अन्तर्गत रहेको  कृषि तथा पशुपन्क्षि व्यवसाय प्रबर्द्धन शाखाद्वारा आयोजित २१ औं  राष्ट्रिय धान दिवस मनाई रहेको छ। धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ हर्सोहुलासका साथ धान रोपने कार्यक्रम मनाई रहेको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगर पालिकाका उपप्रमुख एवम्  कृषि तथा पशुपन्क्षी व्यवसय प्रबर्द्धनका संयोजक इम्तियाज आलम रहनु भएको थियो भने कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई इम्तियाज आलमले प्रमाणपत्र दिएर सम्मान गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आलमले  हाम्रो देश नेपाल  कृषि प्रधान देश हो । धान दिवस कृषकहरुको उत्साहको पर्व हो । कृषकहरुले हर्सोहुलासका साथ यो पर्वलाई देशभरि मनाउने गर्दछन । आज मलाई गर्व महसुस भैरहेको छ कि म पनि धान रोपेर यो पर्वलाई धुमधामका साथ मनाई रहेको छु। आज यो रोपाई देखेर मलाई मेरो बाल्यकालको सम्झना आइरहेको छ । बाल्यकालमा म पनि बुवा संग खेतमा गएर हिलो खेल्थे र धान रोप्ने गर्थे मेरो खेतमा धान रोप्नेहरुले गित गाउने , एक आपसमा मजाक गर्ने  र  एकअर्कालाई हिलो छ्यापि रमाइलो गर्ने गरेको आज पनि सम्झना छ मलाई म  पनि किसान कै छोरा भएको बताउनु भयो ।

उक्त धान  दिवस वडा न. २७ का वडा अध्यक्ष हृदयनारायण कुर्मीको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई , हरि शंकर राउत कुर्मी , रुपनारायण कुर्मी ,प्रतिज्ञा बैध,सुनिल कर्ण,राम कुमार कुशवाहा,रोशनी यादव लगायत स्थानीय वासीहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...