स्वतन्त्र मानव अधिकार समाजद्वारा पर्साका प्रमुख जिल्ला अधिकारी भुषाललाई ध्यानाकर्षण पत्र

Date:

अजित कुमार भुजेल , बिरगंज । स्वतन्त्र मानव अधिकार समाज, केन्द्रिय कार्यालय बिरगंजले सोमवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रजिअ दिनेश सागर भुषाललाई भेट गरी बिरगंज भन्सार कार्यालयमा भई रहेको असहजता कार्य प्रति ध्यानाकर्षण गराएको छ ।

बिरगंज भन्सार कार्यालयमा सशस्त्रका प्रहरीहरुले चेकजाँचको नाममा कडा घाममा झण्डै एक घण्टा जति लाईनमा उभ्याएर नागरिकहरुलाई शास्ती दिई रहेको हुँदा त्यस्ता गतिविधिलाई सहजताको साथ कायम गराई दिनु हुन आग्रह गर्दै पत्रमा उल्लेख गरेको छ ।

सोही प्रकार नारायणी उपक्षेत्रिय अस्पतालमा समय मै उपचारको  लागि गएका विरामीहरुले सम्बन्धीत डाक्टरहरुलाई भेटन नसक्दा विरामीहरु दिनहु जसो प्रभावित हुन थालेपछि त्यस विषयमा पनि प्रजिअ भुषालको ध्यानाकर्षण गराईएको छ ।

पर्सा जिल्ला प्रशासन कार्यालयमा हुने सामाजिक गतिविधिको सम्बन्धमा समाजका पदाधिकारीहरुलाई पनि समय मै सूचना सम्प्रेषण गर्न लगाई दिन हुन समेत प्रजिअ भुषाललाई आग्रह गरिएको छ ।

नारायणी उपक्षेत्रिय अस्पतालमा रात्रिको समयमा आकस्मीक कक्षमा खोजेको समय डाक्टरहरु भेट नहुने परिपाटिको अन्त्य गर्दै सुधार गर्न समेत प्रजिअ भुषालसँग अनुरोध गरिएको छ ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरीबल १३ नम्बर गणका प्रहरी नायब उपरिक्षक चन्द्र कुमार थापा, नारायणी उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट चित्ररन्जन साह, नारायणी विकास समितिका अध्यक्ष धिरज गुप्ता, नारायणी अस्पतालका अनमी हेमा थापा लगायतको सहभागिता रहेको थियो ।

समाजका सभापति कृष्ण कुमार खनालको संयोजकत्वमा गएको टोलीमा उपसभापति नन्दी किशोर यादव, महासचिव दिपक साह कानु, सचिव आशिष कुमार, कोषाध्यक्ष उर्मिला कुशवाहा, सह-कोषाध्यक्ष रामभरोस यादव, केन्द्रिय सदस्य सोनालाल गुप्ता, लालबाबु गुप्ता तथा सहयोगी सुन्दर कुमार चौधरी रहेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...