कान्तिपुर बचत तथा ऋण सहकारी सस्थाको १४ औं बार्षिक साधारणसभा सम्पन्न , उत्कृष्ट बचत कर्ता तथा कर्मचारी सम्मानित

Date:

अजित कुमार भुजेल , बिरगंज । सबैको लागि कान्तिपुर सहकारी भन्ने मुल नाराका साथ कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं  वार्षिक साधारणसभा आज स्थानीय होटल भिसुवामा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष सत्यराम शर्मा काफ्लेको अध्यक्षतामा तथा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा सो वार्षिक तथा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उदघाटन समारोहमा उप्रेतीले अहिले देशमा आर्थिक तरलताको अवस्था रहेको बेला सहकारी संस्थाहरुमा पनि कोभिड पछि केही तरलता आएको बताए ।

उनलेे भने सरकारले जुन उदेश्य लिएर अगाडि बडिरहेको छ सहकारीको पनि उहीँ उदेश्य रहेकोले सरकार र सहकारी समन्वय गरेर जानुपर्नेमा जोड दिनुभएको थियो ।

केही ठूला सहकारी संस्थाले बदमासी गरिरहेको भए पनि सबै सहकारी त्यस्तै नहुने भएकोले यो कान्तिपुर सहकारीले धेरै उपलब्धि हासिल गरेकोमा बधाई तथा धन्यवाद समेत दिनुभएको छ।

साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित ,सहकारी विकास बोर्डका पुर्व संचालक सदस्य शम्भु गुप्ता ,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कुनका पुर्व संचालक सदस्य हरेराम पटेल , कोअपरेटि म्यानेजर्स क्लब पर्साका अध्यक्ष रविभुषण श्रीवास्तव,कोअपरेटिभ म्यानेजर्स क्लबका पुर्व अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया,बीरगंज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिल कर्ण,बिस्को अध्यक्ष डिल्ली बिक्रम कार्की ,राष्ट्रिय सहकारी बैंकका संजय महतो , नेपाल बचत तथा  ऋण केन्द्रीय  सहकारी संघ नेफस्कुनका बीरगंज प्रमुख गौतम साह, गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उमेश साह लगायतले शुभकामना दिनुभएको थियो ।

संस्थाले उत्कृष्ट बचत गर्ने उत्कृष्ट काम गर्ने कर्मचारी , उत्कृष्ट ऋण तिर्ने,जेष्ठ नागरिक ,बाल बचत गर्ने जस्ता ब्यक्तिहरुलाई सम्मानित गरेको छ।

संस्थाका कार्यकारी अधिकृत जिष्णु बरालले संस्थागत विकास संगै संस्थाले गरेको गतिविधि तथा शेयर पुजी १ करोड १६ लाख ५०० बचत तर्फ १८ करोड ४३ लाख,५१ हजार ,बचत संकलन १७ करोड ११ लाख५ हजार ,बचत तर्फ संस्थामा १० करोड ६५ लाख ९४ हजार निक्षेप गरेको छ भने कर्जा लगानी १४ करोड ४३ लाख८८ हजार  र नाफा ३६ लाख ५६ हजार गरेको जानकारी दिएका छन् ।

आफ्नो  संस्थाले बचत कर्ताहरुको रकम सुरक्षित राख्ने जिम्मेवारी आफुहरुले लिएको बताउदै रकम बचत गर्दा संस्थाको संचालकहरुको बारेमा समेत चासो राख्न आग्रह गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...