परवानिपुर स्थित चेकप्वाइन्टमा निर्मित रागाको मुर्ति भत्काउने स्थानीय ६ जना पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाले शहर सौन्दर्यकरणकै क्रममा महानगरका विभिन्न चौकहरुमा शालिक तथा मुर्ती निर्माण गर्ने कार्यलाई  तिव्रता दिदै आईरहेको थियो । केही दिन अघि मात्रै महानगरपालिकाले वडा नम्बर २१ परवानिपुर स्थित हनुमान चौकमा  राँगाको मुर्ती राखेको थियो ।

परवानीपुरको चेकप्वाइन्ट निर राखिएको उक्त रागाको मुर्ति  शनिवार स्थानीयले भत्काइदिएका छन् ।

हनुमान मन्दिर चोकमा राँगाको मूर्ति राखेर अपमान भएको भन्दै स्थानीयले उक्त राँगाको मुर्ति  हटाउन दबाब दिँदै आएका थिए । स्थानीयले यसअघि बिरगंज महानरपालिकाका प्रमुख राजेशमान सिंहको ध्यानाकर्षण गराउँदै मुर्ति हटाउन माग गरेका थिए । ध्यानाकर्षण गराउँदा पनि मुर्ति  नहटाएपछि स्थानीयले आफै भत्काएका हुन् ।

 

मूर्ति भत्काएको आरोपमा ६ जना स्थानीय युवालाई वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको छ । स्थानीय कृष्ण चौरसिया, पवन श्रीवास्तव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...