अजित कुमार भुजेल , बिरगंज । समाजबादी प्रेस संगठन नेपाल पर्साको विशेष जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
शुक्रबार बिरगंजको होटेल बृन्दावनमा भएको जिल्ला अधिवेशनबाट शम्भु कुमार सुमनको अध्यक्षता १७ सदस्यीय जिल्ला कार्य समिति गठन भएको जिल्ला सचिब बिनोद पटेलले जानकारी दिनुभयो ।
उपाध्यक्षमा हरिशन्कर शर्मा , महिला उपाध्यक्षमा रमा थामी , सचीवमा बिनोद पटेल ,सह -सचीवमा श्याम शरार्फ र कोषाध्यक्षमा संतोष साह रहनु भएको छ ।
त्यसैगरि सदस्यमा श्याम पासवान , दिपु बर्णबाल , प्रदिप साह , धर्मेन्द्र कुमार यादव , जितेन्द्र यादव , राजु साह , सन्जिता कलवार , सरोज पटेल , अमोद शर्मा , श्रवण शाह र राधेश्याम पटेल सर्वसम्मतिबाट चयन भएको हो।
सम्मेलनले संगठन पर्साकाे सल्लाहकार चन्द्रभुषण साह (संजय साह) लाई चयन गरेकाे छ ।
संगठनका केन्द्रिय सदस्य एवम् निर्वतमान पर्सा अध्यक्ष मनाेज पटेलकाे अध्यक्षता र संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणी सुबेदीकाे प्रमुख आतिथ्यतामा भएकाे जिल्ला सम्मेलनमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगाेपाल थापा, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, उप महासचिवद्वय लेखनाथ सिकारु, प्रतिज्ञा बुढामगर, सचिवद्वय बृजलाल पासवान, नेपाेलियन चेपाङ, केन्द्रिय सचिवालय सदस्य रेविन्द्र कार्की लगायतकाे उपस्थिती रहेकाे थियाे ।
सम्मेलन सम्पन्न लगतै नवनिर्वाचित कार्यसमितिलाई संगठनका केन्द्रिय अध्यक्ष सुवेदीले सपथ समेत खुवाएका हुन् । नव निर्वाचित कार्यसमितिलाई सपथ खुवाउँदै अध्यक्ष सुवेदीले यस जिल्लाका समाजवादी प्रेस संगठन भाँडभैलाे मचाउन केही कुतत्वहरु लागेकाे हुनाले त्यस्ताकाे पछि नलाग्न समाजवादीका पत्रकारहरुलाई अग्रह गरेका थिए ।
उनले समाजवादी प्रेस संगठन नेपाललाई श्रमजिवि पत्रकारहरुकाे अग्रणी संस्थाकाे रुपमा स्थापित गर्न सबैलाई क्रियाशिल भएर लाग्न निर्देशन दिएका थिए ।