गौतम माबिमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न , १ हजारभन्दा बढी विद्यार्थी सहभागी

Date:

पर्सा पोस्ट , जेष्ठ २३ गते , वीरगञ्ज ।
वीरगञ्जस्थित गौतम माध्यमिक विद्यालय (गौतम मावि) मा छात्रवृत्ति कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको प्रवेश तथा छनोट परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यालयका अनुसार सिनियर तथा जुनियर विङ्समा सञ्चालन गरिएको परीक्षामा एलकेजीदेखि कक्षा ८ सम्मका कुल १ हजार १४५ विद्यार्थी सहभागी भएका थिए। छात्रवृत्तिका लागि आयोजित परीक्षा शान्तिपूर्ण, व्यवस्थित तथा मर्यादित वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

परीक्षा केन्द्रको अनुगमन वीरगञ्ज महानगरपालिका शिक्षा समितिकी उपप्रमुख सृजना बुढाथोकीले गरेकी थिइन्। अनुगमनका क्रममा उनले परीक्षा सञ्चालन, व्यवस्थापन तथा अनुशासनप्रति विद्यालय प्रशासनको प्रयासको प्रशंसा गर्दै विद्यार्थीमैत्री वातावरणमा परीक्षा सम्पन्न भएको बताइन्।
विद्यालयले प्याब्सन (PABSON) ले निर्धारण गरेको छात्रवृत्ति आरक्षण व्यवस्थाअनुसार विभिन्न वर्ग तथा समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाएको छ।

जसअनुसार जेहेन्दार विद्यार्थीका लागि ३७ प्रतिशत, गरिब तथा विपन्न वर्गका लागि ३७ प्रतिशत, आदिवासी तथा जनजातिका लागि १२ प्रतिशत, अल्पसंख्यक, सीमान्तकृत तथा पिछडिएको क्षेत्रका लागि २ प्रतिशत, दलितका लागि ६ प्रतिशत, अपाङ्गता भएका व्यक्तिका लागि ३ प्रतिशत तथा शहीद, बेपत्ता व्यक्तिका सन्तति र सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते परिवारका सन्ततिका लागि ३ प्रतिशत आरक्षण व्यवस्था गरिएको छ।

विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीले हरेक वर्षझैँ यस वर्ष पनि छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीप्रति धन्यवाद ज्ञापन गरे। उनले छात्रवृत्ति कार्यक्रमले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका तर अध्ययनमा सक्षम विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

विद्यालय प्रशासनका अनुसार परीक्षाको नतिजा केही दिनभित्र सार्वजनिक गरिनेछ। साथै छात्रवृत्तिमा छनोट भएका विद्यार्थीलाई आगामी शैक्षिक सत्रदेखि विद्यालयमा अध्ययनका लागि आवश्यक सहुलियत प्रदान गरिने जानकारी दिइएको छ।

गौतम माविले विगतदेखि नै विद्यार्थीको प्रतिभा पहिचान गर्दै छात्रवृत्तिमार्फत शैक्षिक अवसर विस्तार गर्दै आएको छ। विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन तथा अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता हासिल गर्दै वीरगञ्ज क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको स्थानीय अभिभावकहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...