कोलोरा महामारी नियन्त्रणका लागि रेडक्रसको आपतकालीन अभ्यास सम्पन्न

Date:

पर्सा पोस्ट , जेष्ठ १४ गते , वीरगञ्ज ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा वीरगञ्जस्थित होटेल भिस्वामा एकदिने कृत्रिम घटनामा आधारित “RCEC Red Cross Emergency Clinic” कार्यक्रम सम्पन्न भएको छ।

हाल विभिन्न क्षेत्रमा देखापरेको कोलोरा महामारीका कारण जनस्वास्थ्यमा चुनौती थपिँदै गएको अवस्थामा महामारीको समयमा अपनाउनुपर्ने सतर्कता, प्राथमिक उपचार, सरसफाइ तथा आपतकालीन व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमअन्तर्गत कृत्रिम घटनाको अभ्यासमार्फत महामारी फैलिएको अवस्थामा रेडक्रसकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले कसरी उद्धार, उपचार, समन्वय तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने भन्ने विषयमा व्यावहारिक प्रदर्शन गरिएको थियो। अभ्यासका क्रममा संक्रमित बिरामीको उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण, सरसफाइ व्यवस्थापन तथा समुदायमा सचेतना फैलाउने प्रक्रियालाई प्रत्यक्ष रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बृज किशोर पटेल ले महामारी तथा विपद्को समयमा समुदायस्तरमा तत्काल सेवा प्रवाह गर्न यस्ता अभ्यासमूलक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले रेडक्रस सदैव मानवीय सेवामा सक्रिय रहँदै आएको उल्लेख गर्दै आपतकालीन अवस्थाको सामना गर्न स्वयंसेवक तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी, कार्यक्रममा विशेष उपस्थितिमा रहनुभएका टिकाराज पौडेल ले महामारी नियन्त्रणका लागि समुदायस्तरमै चेतना र पूर्वतयारी आवश्यक रहेको बताउनुभयो। उहाँले महामारी फैलिन नदिन व्यक्तिगत सरसफाइ, स्वच्छ खानेपानीको प्रयोग तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना अनिवार्य रहेको उल्लेख गर्दै रेडक्रसको भूमिकालाई अझ प्रभावकारी बनाउन यस्ता अभ्यासले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा रेडक्रसका केन्द्रीय प्रतिनिधि, जिल्ला शाखाका पदाधिकारी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले महामारीका बेला समुदायमा पुगेर सेवा दिने क्रममा भोग्नुपरेका अनुभव, चुनौती तथा समाधानका उपायबारे समेत आफ्ना धारणा राखेका थिए।

आयोजकका अनुसार उक्त कार्यक्रमले महामारीको समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका उपायबारे समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विपद् तथा स्वास्थ्य संकट व्यवस्थापनमा स्थानीय तहको तयारीलाई थप सुदृढ बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

महासंघ पर्सामा तालाबन्दीप्रति आपत्ति : ‘ सस्थाको गरिमामाथि प्रहार ‘

पर्सा पोस्ट । जेष्ठ १५ गते, वीरगञ्ज । नेपाल पत्रकार...

समाजसेवी चौधरीद्वारा युवालाई खेलकुदतर्फ आकर्षित गर्न क्रिक्रेट सामग्री सहयोग

पर्सा पोस्ट , जेष्ठ १५ गते , वीरगञ्ज । जगरनाथपुर...

साँचो गरिमा भद्रता र सद्रुणबाट प्राप्त हुन्छ : समाजसेवी बिमल्र सरार्फ

पर्सा पोस्ट , जेष्ठ १५ गते , रक्सौल, पूर्वी...