६५ औँँ एम्नेस्टी इन्टरनेशनल डेमा बिरगंजमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Date:

पर्सा पोस्ट, जेष्ठ १४ गते, वीरगञ्ज ।
६५औँ एम्नेस्टी इन्टरनेशनल डेको अवसरमा वीरगञ्जमा मानव अधिकार, सामाजिक न्याय तथा बाल अधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। एम्नेस्टी इन्टरनेशनल नेपाल ग्रुप १६, वीरगञ्जको आयोजनामा क्लासिक ब्याङ्क्वेटमा सम्पन्न कार्यक्रममा वीरगञ्जका ८ वटा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रम एम्नेस्टी इन्टरनेशनल नेपाल ग्रुप १६, वीरगञ्जका अध्यक्ष रजनिश झाको अध्यक्षतामा सम्पन्न भएको हो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले “छुवाछुतको अभ्यासले मानवअधिकार र मानव मर्यादामा गम्भीर आघात पुर्‍याउँछ” तथा “बालविवाहले बालबालिकाको क्षमता र अधिकार नष्ट गर्छ” भन्ने विषयमा आधारित रही ४ मिनेटभित्र आफ्ना धारणा प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा वीरगञ्जस्थित डिएभी स्कुल, जीवन ज्योति स्कुल, गुरुकुल स्कुल, गौतम माध्यमिक विद्यालय, विद्या सदन, मेरी गोल्ड स्कुल, लिटिल एन्जल्स तथा त्रिजुद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले सामाजिक कुरीति, विभेद, बालअधिकार र समानताको विषयमा गहिरो विचार प्रस्तुत गरेका थिए।

कार्यक्रमको मूल्यांकन समाजसेवी तथा अधिवक्ता प्रकाश उपाध्याय र नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मीले गर्नुभएको थियो। निर्णायकहरूले विद्यार्थीहरूको प्रस्तुति शैली, विषयवस्तुको गहिराइ, आत्मविश्वास तथा सन्देश सम्प्रेषण क्षमताका आधारमा नतिजा सार्वजनिक गरेका थिए।

प्रतियोगितामा गौतम माध्यमिक विद्यालयकी रित रौनियार प्रथम, जीवन ज्योति स्कुलकी सिधी कर्ण द्वितीय तथा गुरुकुल स्कुलकी आकृती पटेल तृतीय हुन सफल भएका छन्। विजेता विद्यार्थीहरूलाई प्रमाणपत्रसहित एम्नेस्टी इन्टरनेशनलको लोगो अंकित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपाल ग्रुप १६, वीरगञ्जका निवर्तमान सभापति प्रकाश बाहेती, विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

निर्णायक तथा समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा मानव अधिकारप्रति जागरण ल्याउने, सामाजिक विभेदविरुद्ध बोल्न हौसला प्रदान गर्ने तथा समाज परिवर्तनका लागि नयाँ पुस्तालाई प्रेरित गर्ने बताउनुभयो।

त्यसैगरी, एम्नेस्टी इन्टरनेशनल नेपाल ग्रुप १६, वीरगञ्जका अध्यक्ष रजनिश झाले वक्तृत्वकला प्रतियोगितामार्फत विद्यार्थीहरूमा मानव अधिकार, समानता, सामाजिक न्याय र बालअधिकारप्रति गहिरो समझ विकास हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले समाजमा अझै विद्यमान छुवाछुत, विभेद र बालविवाहजस्ता कुरीति अन्त्यका लागि युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक जिम्मेवारीबोध, नेतृत्व क्षमता तथा मानव अधिकारप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

महासंघ पर्सामा तालाबन्दीप्रति आपत्ति : ‘ सस्थाको गरिमामाथि प्रहार ‘

पर्सा पोस्ट । जेष्ठ १५ गते, वीरगञ्ज । नेपाल पत्रकार...

समाजसेवी चौधरीद्वारा युवालाई खेलकुदतर्फ आकर्षित गर्न क्रिक्रेट सामग्री सहयोग

पर्सा पोस्ट , जेष्ठ १५ गते , वीरगञ्ज । जगरनाथपुर...

साँचो गरिमा भद्रता र सद्रुणबाट प्राप्त हुन्छ : समाजसेवी बिमल्र सरार्फ

पर्सा पोस्ट , जेष्ठ १५ गते , रक्सौल, पूर्वी...