ईन्धन मुल्यवृद्धि असरले बजार अस्तव्यस्त , नियमन गर्न उपभोक्ता हित संरक्षण मञ्च पर्साको आग्रह

Date:

पर्सा पोस्ट , बैशाख १४ गते , वीरगञ्ज ।
ईन्धनको निरन्तर मूल्यवृद्धिसँगै दैनिक उपभोग्य वस्तु तथा सेवामा अस्वाभाविक र तीव्र मूल्य वृद्धि भइरहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले गम्भीर ध्यानाकर्षण जनाएको छ। मञ्चले जारी गरेको प्रेस विज्ञप्तिमा खाद्यान्न, इन्धन, यातायात लगायत जीवनसँग प्रत्यक्ष सम्बन्धित वस्तु तथा सेवाको मूल्य लगातार बढ्दै जाँदा सर्वसाधारणको जीवनयापनमा गम्भीर असर परेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा विशेषगरी कम आय भएका तथा मध्यम वर्गीय परिवारहरू अहिलेको महँगीबाट सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ। बजार अनुगमन प्रभावकारी नभएको, कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति तथा मनपरी मूल्य निर्धारण जस्ता गतिविधि बढ्दै गएको भन्दै मञ्चले सरोकारवाला निकायलाई तत्काल कडा नियमन गर्न आग्रह गरेको छ।

मञ्चले सडक विस्तारको क्रममा घरधनी तथा व्यवसायीलाई समय नदिई संरचना हटाइएको विषयप्रति पनि असन्तुष्टि जनाएको छ। त्यस्तै, बजारमा कृत्रिम अभाव, महँगी र सिमानाकाको कडाइका कारण उपभोक्ताको जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै नियामक निकाय र प्रशासनको मौनताले बजारमा अराजकता बढेको भन्दै ध्यानाकर्षण गराएको छ।

खसीको मासुको मूल्य १ हजार रुपैयाँबाट १२ सय रुपैयाँसम्म कसको सहमतिमा निर्धारण गरिएको हो भन्ने प्रश्न उठाउँदै मञ्चले व्यवसायीहरूको नाममा लुटतन्त्र मच्चाइएको हो कि भन्ने आशंका समेत व्यक्त गरेको छ। यस विषयमा नियामक निकायले स्पष्ट जवाफ दिनुपर्ने माग गरिएको छ।

यस्तै, मेनरोड बाहेकका क्षेत्रमा घरधनीहरूले अत्यधिक भाडा र पेश्की माग्ने प्रवृत्ति बढेको भन्दै स्थानीय सरकारको भूमिका कमजोर भएको आरोप लगाइएको छ। यस्तो अवस्थामा उपभोक्ता हितको संरक्षण गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने मञ्चको माग छ।

अन्त्यमा, बजारलाई व्यवस्थित र उपभोक्ता मैत्री बनाउन प्रशासन जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै मञ्चले तत्काल हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

प्रेस विज्ञप्ति मञ्चका केन्द्रीय सदस्य अजित कुमार भुजेलद्वारा जारी गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...