सरकारी विज्ञापन सिमित गर्ने निर्णयविरुद्ध पत्रकार महासंघ पर्साको आपत्ति , प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश

Date:

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज ।
नेपाल पत्रकार महासंघ जिल्ला समिति, वीरगञ्ज–पर्साले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयप्रति कडा आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दहालमार्फत पठाइएको उक्त ज्ञापनपत्रमा पत्रकारहरूले उक्त निर्णयले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर आघात पुर्‍याउने बताएका छन्।

महासंघले जनमतबाट स्थापित सरकारले नै सञ्चार क्षेत्रमा रोजगारी संकट निम्त्याउने खालको निर्णय गर्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको उल्लेख गरेको छ। विज्ञापन वितरण सीमित गरिए निजी तथा सामुदायिक सञ्चारमाध्यमहरूको आर्थिक आधार कमजोर हुने, सूचना प्रवाहमा असमानता बढ्ने र नागरिकको सूचनामा पहुँचमा प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

ज्ञापनपत्रमा देशभर सञ्चालनमा रहेका चार सयभन्दा बढी रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमहरू मुख्य रूपमा विज्ञापन आम्दानीमा निर्भर रहेको उल्लेख गर्दै यस्तो निर्णयले ती संस्थाहरू बन्द हुने जोखिम बढ्ने र हजारौं पत्रकार तथा सञ्चारकर्मी प्रत्यक्ष रूपमा प्रभावित हुने अवस्था आउने चेतावनी दिइएको छ।
महासंघले उक्त निर्णयलाई खुला बजार अर्थतन्त्र तथा प्रतिस्पर्धात्मक प्रणालीको मर्मविपरीत भएको ठहर गर्दै राज्य–नियन्त्रित सूचना प्रणालीलाई प्राथमिकता दिने संकेत भएको आरोप पनि लगाएको छ।

यसै सन्दर्भमा महासंघले चार बुँदे माग अघि सारेको छ। जसअनुसार चैत १८ गते जारी परिपत्र तत्काल खारेज गर्न, सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउन, संकटग्रस्त सञ्चार क्षेत्रको संरक्षणका लागि दीर्घकालीन नीतिगत व्यवस्था गर्न तथा सञ्चारसम्बन्धी निर्णय गर्दा सरोकारवालासँग अनिवार्य परामर्श गर्ने प्रणाली विकास गर्न आग्रह गरिएको छ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष ओमप्रकाश खनालसहित केसि लामिछाने, श्याम बन्जारा, युबराज खडका, जिल्ला सहसचिव अजय चौरसिया , सदस्य रितेश झा लगायतका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो। पत्रकारहरूले आफ्ना मागहरू यथाशीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...