मानव बेचबिखन विरुद्ध विरगन्जमा सूचना तथा परामर्श केन्द्र सन्चालनमा

Date:

पर्सा पोस्ट , चैत ०४ गते , बिरगंज । ज्योति सामुदायिक विकास सेवा नेपाल, शाखा कार्यालय वीरगञ्ज–पर्साले “मानव बेचबिखन विरुद्धको अभियान” अन्तर्गत सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ। वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार गेटको उत्तरपट्टि स्थापना गरिएको उक्त केन्द्रको औपचारिक उद्घाटन एक कार्यक्रमबीच सम्पन्न गरिएको हो।

कार्यक्रम संस्थाका केन्द्रीय उपाध्यक्ष राजन सुनारको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. १६ का वडाध्यक्ष परशुराम चौरसिया उपस्थित रहनुभएको थियो।

सभापति सुनारले मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणका लागि राज्य, सुरक्षा निकाय, स्थानीय तह तथा नागरिक समाजबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो। उहाँले नयाँ स्थापना गरिएको सूचना तथा परामर्श केन्द्रले जोखिममा रहेका समुदायलाई समयमै सचेतना, परामर्श तथा सहयोग प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख अतिथि चौरसियाले स्थानीय तहबाट अभियानलाई पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाउँदै यस्ता केन्द्रहरूले समाजमा बढ्दो जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले जनचेतना अभिवृद्धि र पीडित संरक्षणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले सीमावर्ती जिल्ला भएकाले पर्सा मानव बेचबिखनको उच्च जोखिममा रहेको औंल्याउँदै यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले कुनै पनि शंकास्पद गतिविधि वा घटनाको जानकारी तुरुन्त प्रहरीलाई दिन सर्वसाधारणलाई आग्रह गर्नुभयो।

त्यसैगरी सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक विकास अधिकारी, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदी तथा संस्थाका उपाध्यक्ष विजय पासवानलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव निरज आचार्यले गर्नुभएको थियो।

संस्थाका अनुसार, उक्त केन्द्रमार्फत मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडित तथा जोखिममा रहेका व्यक्तिहरूलाई आवश्यक सूचना, परामर्श र सहयोग उपलब्ध हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...