विपन्न परिवारकी छोरीको बिहेका लागि रास्वपा युवा नेता बृजेश्वर चौधरीद्वारा खाद्यान्न सहयोग

Date:

पर्सा पोस्ट, फागुन २६ गते, वीरगञ्ज।
समाज सेवामा सक्रिय रहँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता एवं समाजसेवी बृजेश्वर चौधरीले एक अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्।

वीरगञ्ज क्षेत्रमा बसोबास गर्दै आएका एक गरिब परिवारकी छोरीको विवाह हुन लागेको जानकारी पाएपछि चौधरीले आफ्नै पहलमा आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका हुन्। आर्थिक अभावका कारण विवाहको व्यवस्थापन गर्न कठिनाइ भोगिरहेको उक्त परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य

खाद्यान्न सामग्री प्रदान गरिएको उनले बताए।
सहयोग प्रदान गर्दै चौधरीले राजनीति मात्र नभई सामाजिक उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। उनले भने, “राजनीति त आफ्नो ठाउँमा भइरहेको छ, तर त्यससँगै समाज सेवामा पनि हामी सबैले हातेमालो गर्नुपर्छ। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत दिन सक्छ।”

सहयोग प्राप्त गरेपछि परिवारका सदस्यहरूले चौधरीप्रति आभार व्यक्त गर्दै यस्तो कठिन अवस्थामा पाएको सहयोगले ठूलो राहत महसुस भएको बताएका छन्। चौधरीले पनि विवाह हुन लागेकी बहिनीको दाम्पत्य जीवन सुखमय, सफल र समृद्ध होस् भन्ने कामना गर्दै भगवानसँग प्रार्थना गरेका छन्।
स्थानीय बासिन्दाहरूले चौधरीको यस मानवीय पहलको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने र अन्यलाई पनि सहयोगका लागि प्रेरित गर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...