बिरगंज चुनावी सरगर्मी : रानीघाट – श्रीपुरमा अनिल रुङ्ग्टाको भब्य स्वागत , बिकास एजेन्डा अघि सार्दै घरदैलो तीब्र

Date:

पर्सा पोस्ट, फागुन ०८ गते, वीरगञ्ज।
महानगरपालिका अन्तर्गत रानीघाट र श्रीपुर क्षेत्रमा आज चुनावी माहोल थप उत्साहित बनेको छ। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङटा घरदैलो कार्यक्रममा सहभागी हुन पुग्दा स्थानीय बासिन्दाले फुलमाला, अबिर तथा आत्मीय शुभकामनासहित भव्य स्वागत गरेका थिए।

प्रचार–प्रसार केन्द्रको उद्घाटनसँगै सुरु गरिएको घरदैलो कार्यक्रमअन्तर्गत रुङटा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुट्नुभएको थियो। उहाँले विकास, रोजगारी र शिक्षालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो” भन्नुभयो।

घरदैलोका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको थियो। स्थानीय नेताहरूका अनुसार यसपटक क्षेत्रको चुनावी माहोल विगतभन्दा बढी सजीव र उत्साहपूर्ण बनेको छ।

उम्मेदवार रुङटाले विशेषगरी युवाहरूको साथ र समर्थनले आफूलाई अझ जिम्मेवार र दृढ बनाएको उल्लेख गर्दै रोजगारी सिर्जना, सीपमूलक तथा गुणस्तरीय शिक्षाको विस्तार, उद्यमशीलताको प्रवर्द्धन, दिगो पूर्वाधार विकास तथा सर्वसुलभ स्वास्थ्य सेवाको सुदृढीकरणलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो। उहाँले समान सहभागिता, समावेशी विकास र अवसरको सुनिश्चितता आफ्नो मूल एजेन्डा रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गरी परिवर्तनको अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो।
यसैबीच, पार्टीका युवा नेताहरूले गगन थापाको सक्रिय नेतृत्व र स्पष्ट दृष्टिकोणपछि पार्टीप्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको दाबी गरेका छन्।

रानीघाट र श्रीपुरसहित पर्सा क्षेत्र नं. १ का आम मतदाताबाट अत्यधिक मतसहित विजयी हुनेमा आफू विश्वस्त रहेको बताउँदै रुङटाले जनताको साथ, समर्थन र सुझावलाई उच्च सम्मानका साथ आत्मसात् गर्दै निरन्तर जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चुनाव नजिकिँदै जाँदा पर्सा क्षेत्र नं. १ मा प्रमुख दलका उम्मेदवारहरूले आफ्नो अभियानलाई तीव्र बनाएका छन्। घरदैलो, कोणसभा र प्रचार–प्रसार केन्द्र उद्घाटनजस्ता कार्यक्रममार्फत मतदाता आकर्षित गर्ने होड चलिरहेको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...