पर्साको मुख्य भन्सार ईनर्वा नाकाबाट तस्करी हुदा पनि सम्बन्धित निकाय मौन

Date:

अजित कुमार भुजेल , बिरगंज ।।पर्साको मुख्य भन्सार इनर्वा नाकाबाट तस्करी सुरु भएको छ ।

बिरगंज भन्सार कार्यालयले सरकारले दिएको लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । बिरगंज नाकामा रहेका दुवै भन्सार कार्यालय फेरि राजश्व संकलनको लक्ष्य भेट्याउन असफल भए ।

देशको कूल आयात निर्यातको झण्डै ७०  प्रतिशत कारोबार हुने बिरगंज नाकामा बिरगंज भन्सार एकीकृत भन्सार जाँच चौकी (आईसिपी) र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय छन् । पर्साको प्रमुख भन्सार नाका इनर्वाबाट खुलेयाम तस्करी भैरहेको छ । सरकारले दिएको लक्ष्य अनुसार भन्सार कार्यालयहरूले राजश्व संकलन गर्न नसकिरहेको अवस्थामा देशको प्रमुख भन्सार बिरगंजबाट तस्करी सुचारू हुनुले राजश्व संकलनमा झनै नकारात्मक असर परिरहेको छ ।

तेस्रो मुलुकबाट आयात मालसामानको परिमाणमा कमी आउँदा राजस्व संकलन प्रभावित भएको बिरगंज भन्सारका प्रमुख भन्सार अधिकृत धन बहादुर बरुवालले जानकारी दिए ।

भन्सार नाका इनर्वाबाट खुलेयाम तस्करी भैरहेकोले दिएको लक्ष्य अनुसार भन्सार कार्यालयहरूले राजश्व संकलन गर्न नसकिरहेको अवस्था छ ।

चोरी तस्करी नियन्त्रण गर्नका लागि भनेर सरकारले देशका प्रमुख भन्सार कार्यालय रहेका नाकाहरूमा सशस्त्र प्रहरी बलको तर्फबाट डिएसपीको कमान्डमा गुल्म राख्ने गरी जनशक्ति खटाएको छ ।

तर पनि चोरी तस्करी नियन्त्रण होइन झनै बढेको छ । सशस्त्र प्रहरीले प्रस्तावित गुल्म र बिओपीहरूमा सरूवा भएका डिएसपी एवं निरीक्षकहरू तस्करी गराई रकम संकलन तर्फ लागेको व्यापक जनगुनासो आएपछि एक बर्षको अबधि हटाएर छ महिनाको बनाए पनि तस्करी गराउने धन्दा रोकिएको छैन । झन् छ महिना त हो भन्दै यसरी जाने डिएसपी र निरीक्षकहरू खुलेयाम तस्करी धन्दामा सक्रिय भएको भेटिएको छ ।

अहिले पर्साको मुख्य भन्सार इनर्वाबाट सशस्त्र प्रहरी बलको सेटिङ र संरक्षणमा केही व्यक्तिहरूलाई तस्करीको लाइन दिएका छन् । यो भन्सारको प्रस्तावित गुल्मपतिमा डिएसपी देबेन्द्र बहादुर सिंह छन् । उनले तस्करी नियन्त्रण गर्नुको सट्टा झन लाइन खुला गरेका छन् ।

तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्रको टोली तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी निरीह दर्शक बनिदिँदा तस्करी बढेको उल्लेखित घटनाले प्रष्ट्याउँछ।

सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको धापका कारण वीरगन्ज भन्सार र सीमाक्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्।

पछिल्लो समय पर्सामा सेटिङमा तस्करी फस्टाउँदो छ। पर्साको मुख्य भन्सार इनर्वा नाकासहित छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाकामा तस्करको रजाइँ छ ।

छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाका ,  ड्राइपोर्ट नाकाबाट तस्करी बढ्दो छ।

रक्सौलको भेलाही नाका हुँदै पर्साको छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाका,  ड्राइपोर्ट नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटरपार्ट्सलगायतका सामान भित्रिने गरेको सीमाक्षेत्रका वासिन्दा बताउँछन्।

विभिन्न सीमानाकाबाट भित्रिने भन्सार राजस्व छलीका कपडा लगायतका सामान वीरगन्जको गोदाममा भण्डारण गरी कारेबारीले देशको विभिन्न सहरमा पुर्याउने गरेका छन् ।

इनर्वा भन्सार नाकाबाट तस्करीको लाइन पाउने तस्करहरूमा झण्डै एक दर्जन रहेका छन् ।तस्करीको लाइन पाउनेहरूमा कपडा र हार्डवेयरको काम गर्ने भोला सोनार , काजु र कपडा , काजु हार्डवेयरको काम गर्ने नवराज , रक्सीको काम गर्ने मुकेश , कपडाको काम गर्ने तमन्ना , लेडिज कपडाको काम हसिना र कालिचन्दा ,कपडाको काम गर्ने मुस्तान , मिना र मिरा , काजुको काम गर्ने मुखिया , कपडाको काम गर्ने शम्भु र केदार मुख्य छन् ।

भन्सार छलीका मालवस्तु भित्रिने क्रम बढेपछि यस भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन।
नेपालको प्रवेशद्वारको रूपमा रहेको वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७९÷८० मा लक्ष्यको ६०.२ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको छ । वीरगन्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्षको ६ महिनामा राजस्व संकलन निराशाजनक देखिएको छ।
साभार :- अप्पन जनकपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...