बिरगंज युवा समाजद्वारा क्यान्सर पिडित विरबहादुर धिमाललाईलाई रु. ५५ हजार आर्थिक सहयोग

Date:

पर्सा पोस्ट, माघ ०९ गते, बिरगंज ।
वीरगन्ज युवा समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–८ अठीयाबारी निवासी क्यान्सर पीडित बीर बहादुर धिमालको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

विगत केही समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित धिमाल हाल भरतपुर महानगरपालिका–७ स्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ। सोही क्रममा वीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापाको नेतृत्वमा रकम संकलन संयोजक बिनोद धिमाल, सदस्यहरू रोशन गुप्ता, मनोज गुप्ता र सुशील सिंहसहितको टोली अस्पताल पुगेर क्यान्सर पीडितलाई नगद रु. ५५,०००/- (पचपन्न हजार रुपैयाँ) हस्तान्तरण गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष थापाले उपचार अभावका कारण आर्थिक संकट झेलिरहेका पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो सानो प्रयासले कसैको ज्यान जोगिन सक्छ भने त्यो नै सबैभन्दा ठूलो धर्म हो। आगामी दिनमा पनि असहाय र विपन्न वर्गका लागि हाम्रो अभियान निरन्तर जारी रहनेछ। वीरगन्ज युवा समाज केवल उत्सव र कार्यक्रममै सीमित नभई विपद्, रोग र पीडामा पनि समाजको साथमा उभिनेछ।”

कार्यक्रम संयोजक बिनोद धिमालले “सेवा नै धर्म हो” भन्ने भावनालाई आत्मसाथ गर्दै सहयोगमा हातेमालो गर्ने सम्पूर्ण सहयोगीहरूलाई मानवीय भावनाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भोगिरहेका पीडित परिवारले वीरगन्ज युवा समाजलाई मृत्यु सँग जुधिरहेका क्यान्सर पीडितका लागि आशाको किरण बनेर उभिएकोमा आभार व्यक्त गरेका छन्। साथै यस्ता मानवीय कार्यमा सबैले आ–आफ्नो स्थानबाट सम्भव सहयोग गर्न अपिलसमेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...