AQI सम्बन्धि ‘ Speak for Environment ‘ कार्यक्रम बिरगंजमा सम्पन्न

Date:

पर्सा पोस्ट , माघ ०८ गते , वीरगञ्ज, पर्सा।
Living With Environment  पर्सा शाखाको आयोजनामा “Speak for Environment (Air Quality Index–AQI)” शीर्षकको वातावरणीय सचेतना तथा विद्यार्थी–केन्द्रित वक्तृत्व कार्यक्रम वीरगञ्जस्थित BPC New Building मा सम्पन्न भएको छ।

वायु गुणस्तर र स्वास्थ्यमा पर्ने असरबारे सचेतना
कार्यक्रमको मुख्य उद्देश्य वायु प्रदूषण, Air Quality Index (AQI) को अवस्था तथा यसले मानव स्वास्थ्यमा पार्ने प्रत्यक्ष असरबारे विद्यार्थी र समुदायलाई सचेत गराउनु रहेको आयोजकले जनाएको छ। विशेषगरी शहरी क्षेत्रमा बढ्दो वायु प्रदूषण बालबालिका तथा युवाको स्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै गएको सन्दर्भमा यस्ता कार्यक्रम आवश्यक रहेको बताइएको छ।

# विद्यार्थीको सक्रिय सहभागिता:
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले अनुसन्धान–आधारित प्रस्तुति, विचार–विमर्श तथा अन्तरक्रियामार्फत AQI सम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका थिए। वास्तविक AQI तथ्यांकको अध्ययन, विश्लेषण र समाधानमुखी सुझावहरू प्रस्तुत गरिनु कार्यक्रमको विशेष आकर्षण रहेको थियो।

सो कार्यक्रममा उत्कृष्ट प्रस्तुति द रोयल एकेडेमी र सबैभन्दा राम्रो रिपोर्ट अल्पाईन सेकेन्डरि स्कुलले गरेकाले दुबै बिजेता भएको थियो ।

कार्यक्रम अन्तर्गत सम्पन्न प्रतियोगितामा ६ वटा बिधालयहरुले भाग लिएका थिए ।
(१) श्री सुन्दरमल रामकुमार कन्या माबी
(२) बिरगंज पब्लिक कलेज
(३) द रोयल एकेडेमी
(४) विद्या सदन सेकेन्डरी स्कुल
(५) साउथ जोन सेकेन्डरी स्कुल
(६) अल्पाईन सेकेन्डरी स्कुल को सहभागिता रहेको आयोजकले जनाए ।

# निर्णायक तथा अतिथिहरूको उपस्थिति:
कार्यक्रमका निर्णायक तथा अतिथिका रूपमा प्रकाश बहादुर (पर्यावरण तथा हरियाली प्रवर्द्धन शाखा, वीरगञ्ज महानगरपालिका) मो. आरिफ हुसैन (डिभिजन वन कार्यालय, पर्सा) उपस्थित रहनुभएको थियो। अतिथिहरूले वातावरण संरक्षणमा युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै व्यवहारिक पहल गर्न आग्रह गर्नुभयो।

#कार्यक्रम आयोजक समिति:
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिमा
आयुष्मा सोनी (कार्यक्रम सञ्चालक),
लक्की कुमार बरनवाल (अध्यक्ष),
बासिर आलम गादी (उपाध्यक्ष),
अंकुश पटेल (सचिव),
धिराज कुशवाहा (उप–सचिव),
सिमरन श्रीवास्तव (कोषाध्यक्ष),
बिक्की कुमार सिंह (उप–कोषाध्यक्ष),
शोभा कुमारी (प्रो),
अजित ठाकुर (संयुक्त प्रो),
मुन्ना कुमार (कार्यक्रम संयोजक) लगायतको सक्रिय भूमिका रहेको थियो।

निरन्तर वातावरणीय अभियानको प्रतिबद्धता
Living With Environment – पर्सा शाखाले वातावरण संरक्षण, जनचेतना अभिवृद्धि तथा दिगो भविष्य निर्माणका लागि यस्ता शैक्षिक तथा सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...