गौतम समाज कल्याण सस्था र गौतम सेकेन्ड्रि स्कुलद्वारा सामाजिक उत्तरायित्व अन्तर्गत २० थान डबल बेड हस्तान्तरण

Date:

पर्सा पोस्ट, माघ ०७ गते, बिरगंज ।
गौतम समाज कल्याण संस्था तथा गौतम सेकेन्ड्री स्कूल, श्रीपुर, वीरगन्ज–१३, पर्साको पहलमा सामाजिक उत्तरदायित्व अन्तर्गत २० थान डबल बेड हस्तान्तरण गरिएको छ।
गौतम समाज कल्याण संस्थाका अध्यक्ष गनेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २० थान डबल बेड हस्तान्तरण गरिएको हो। कार्यक्रममा संस्थाका उपाध्यक्ष ललित कर्ण, सचिव रमेश शर्मा, सदस्य सिपेन्द्र गुप्ता लगायतका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

हस्तान्तरण कार्यक्रम अन्तर्गत यतीमखाना दारूल यतामा इस्लामिया, छपकैया–२, वीरगन्ज महानगरपालिका, पर्सालाई १५ थान डबल बेड प्रदान गरिएको छ भने बिरगंज बिर्ता स्थित त्रीजुद्द स्कुलमा आवासीय रूपमा सञ्चालित दृष्टिविहीन बालबालिकाहरूका लागि ५ थान डबल बेड हस्तान्तरण गरिएको छ।

कार्यक्रममा बोल्दै गौतम समाज कल्याण संस्थाका सचिव रमेश शर्माले सामाजिक सेवाको भावनाले प्रेरित भई संस्था तथा विद्यालयले सहयोग कार्यलाई निरन्तरता दिँदै आएको बताए। उनले समाजका असहाय, अनाथ तथा विशेष आवश्यकता भएका बालबालिकाहरूको जीवन सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको उल्लेख गरे। साथै, आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सहयोगात्मक कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने योजना रहेको बताए।

कार्यक्रममा सहयोग प्राप्त संस्थाका प्रतिनिधिहरूले गौतम समाज कल्याण संस्था तथा गौतम सेकेन्ड्री स्कूलप्रति आभार व्यक्त गर्दै यस प्रकारको सहयोगले आश्रित बालबालिकाहरूको दैनिकीमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...