प्रेस सेन्टर नेपाल पर्साको बैठक सम्पन्न , स्थापना दिवसमा ~याली , रक्तदान र उमेदवारसङ्ग अन्तरक्रिया गर्ने निर्णय

Date:

पर्सा पोस्ट ,  माघ १३ गते ,  वीरगञ्ज ।
प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति पर्साको बैठक आज शनिबार वीरगञ्जमा सम्पन्न भएको छ। प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा वीरगञ्जस्थित होटेल कुमु पार्टी प्यालेसमा बसेको बैठकले संगठनको स्थापना दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको छ।

बैठकले प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा यही माघ १५ गते बिहीबार बिहान ८:०० बजे वीरगञ्जको घण्टाघरबाट माइस्थान, आदर्शनगर र घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभा आयोजना गर्ने निर्णय गरेको छ। साथै स्थापना दिवसकै अवसरमा रक्तदान कार्यक्रम तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको जिल्ला सचिव अजित भुजेलले जानकारी दिनुभयो।

# संगठन सुदृढीकरणमा जोड:
बैठकमा बोल्दै प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगरले संगठनको नीति, नियम र उद्देश्यबारे प्रस्ट पार्दै संगठनलाई अझ सशक्त, अनुशासित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले पत्रकारिता क्षेत्रलाई जिम्मेवार र जनउत्तरदायी बनाउन प्रेस सेन्टरको भूमिका अझ मजबुत हुनुपर्ने धारणा राख्नुभयो।

#निर्वाचन आचारसंहिता पालना गर्न आग्रह:
यस्तै, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले आउँदो निर्वाचनलाई मध्यनजर गर्दै सबै पत्रकारहरूले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो। उहाँले निष्पक्ष, सत्य र जिम्मेवार पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने उल्लेख गर्नुभयो।

# व्यापक सहभागिता:
बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव तथा प्रेस सेन्टर पर्साका सल्लाहकार दीपक गौतम, जगत राई, पूर्व मधेश प्रदेश सचिव मुनेश लायो मगर, पूर्व सदस्य अशोक श्रीवास्तव, मधेश प्रदेश सदस्य सब्दर हुसेन, भरत सरार्फ, पर्साका कोषाध्यक्ष सन्जित गुप्ता, सह–सचिवद्वय विदुर गौतम र रन्जित यादव, सदस्यहरू रितेश झा, दिपेन्द्र कुमार साह, सन्जोग गिरि, प्रणय साह, बलिराम यादव, रुपेश बर्मा, रसिद आलम, मुर्तुजा आलम लगायतको उपस्थिति रहेको थियो।
बैठकको सञ्चालन प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित कुमार भुजेलले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...