कुम्हालटोल टोल सुधार समाजद्वारा १६ औं निसुल्क भोजन कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, माघ ०३ गते, बिरगंज।
कुम्हालटोल टोल सुधार समाज, वीरगञ्ज–७ को आयोजनामा रेल्वेरोडस्थित पञ्चमुखी हनुमान मन्दिर (सामुदायिक प्रहरी कुम्हालटोल) अगाडि शनिबार १६औँ पटक निशुल्क भोजन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

निशुल्क भोजन शिविरमा बाटोमा हिँड्ने बटुवा, पर्यटक, रिक्सा, ठेला तथा इ–रिक्सा चालक, विपन्न तथा असहाय व्यक्तिहरूलाई दाल–भात, आलु–भन्टाको तरकारी तथा भुटेको हरियो खुर्सानी–मुलाको अचारसहित पोषणयुक्त भोजन वितरण गरिएको थियो।

कार्यक्रम कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अतिथि सेवकका रूपमा वीरगञ्ज–५ का वडासदस्य सन्जु दहाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, अमरटोल टोल सुधार समिति वीरगञ्जका सचिव तथा युवा समाजसेवी नवराज भट्टराईलगायतको उपस्थिति रहेको थियो। साथै समाजका सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सह–सचिव रितेश गुप्ता, सल्लाहकारहरू समाजसेवी गौरी गुप्ता, पत्रकार मनोज मिश्र, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, समाजसेवी गोविन्द ताम्राकार तथा स्थानीय अग्रज र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा बोल्दै वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले दिनदुःखी तथा असहायको सेवा नै मानवको सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै कुम्हालटोल टोल सुधार समाजले विगत १६ महिनादेखि निरन्तर रूपमा स्वच्छ, पोषणयुक्त र गुणस्तरीय भोजन खुवाउँदै आएको कार्य अत्यन्तै सराहनीय रहेको बताए। भोजमा घरजस्तै वातावरणमा बसालेर सोधी–सोधी थपेर भोजन गराउने सेवकहरूको भावनाले आफू अत्यन्तै प्रभावित भएको बताउँदै उनले यस्ता मानवीय कार्यको निरन्तरता आवश्यक रहेको र आफ्नो सधैं साथ–सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल अहिरले जानकारी दिँदै यो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिबार आयोजना हुँदै आएको बताए। समाजका पदाधिकारी तथा दाताहरूको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा महिनाको पहिलो शनिबार मात्र नभई प्रत्येक १५ दिनमा तथा त्यसपछि प्रत्येक शनिबारसम्म विस्तार गर्ने योजना रहेको जानकारी दिए।

यसका लागि मानवताप्रेमी सहयोगी हातहरूको निरन्तर साथ आवश्यक रहेकोमा उनले जोड दिए। निशुल्क भोजन ग्रहण गर्ने सेवाग्राहीहरूले सेवकहरूको निःस्वार्थ सेवा भावको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...