ठोरी एकेडेमीमा आन्तरिक खेलकुद प्रतियोगिता सम्पन्न , रेड हाउस प्रथम

Date:

पर्सा पोस्ट, पौष २७ गते, बिरगंज ।
गौतमनगर ठोरीमा अवस्थित प्याब्सन पर्सा सदस्य विद्यालय ठोरी एकेडेमीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता पुष २५ गते उद्घाटन भई आज पुष २७ गते एक विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ। समापन समारोहमा प्रतियोगितामा विजयी विद्यार्थी खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

चारवटा हाउसबिच सम्पन्न प्रतिस्पर्धामा कुल अंकको आधारमा रेड हाउस प्रथम, ब्लु हाउस द्वितीय र ग्रीन हाउस तृतीय हुन सफल भएका थिए। विजेता हाउसहरूलाई आकर्षक ट्रफी प्रदान गर्दै उत्साहवर्धन गरिएको थियो।
समापन तथा पुरस्कार वितरण कार्यक्रममा ठोरी एकेडेमीका प्रधानाध्यापक सुरेश पन्तको सभापतित्व रहेको थियो भने प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

विशिष्ट अतिथिहरूमा प्याब्सन केन्द्रीय सदस्य छेडुप लामा, ठोरी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष अमृतकृष्ण सापकोटा, समाजसेवी रामकृष्ण पन्त तथा प्याब्सन पर्साका साधारण सदस्य एवम् बुद्ध शान्ति स्कूल ठोरीका प्रधानाध्यापक सुरेन्द्र लामा सहभागी रहनुभएको थियो।

कार्यक्रममा बोल्दै अतिथिहरूले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगिताले अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने उल्लेख गरे। विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान महत्व दिँदै आएकोमा उनीहरूले प्रशंसा व्यक्त गरे।

कार्यक्रममा शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ठोरी एकेडेमी परिवारले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता सिर्जनात्मक तथा विकासमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...