नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको वार्षिक साधारणसभा सम्पन्न

Date:

पर्सा पोस्ट , पौष २६ गते , बिरगंज ।
नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको वार्षिक साधारण सभा उपशाखाका सभापति जदु प्रसाद साहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। साधारण सभामा गाउँपालिकाका प्रमुख जसवन्त यादव प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो भने नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। सभामा आजीवन सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारण सभामा कुल ६० जनाको उपस्थिति रहेको थियो, जसमा ५ जना महिला र ५५ जना पुरुष सहभागी थिए। कार्यक्रममा उपशाखाको आर्थिक लेखापरीक्षण प्रतिवेदन र वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित कार्यक्रम तथा बजेट छलफलसहित सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।

सभामा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जसवन्त यादवले महुवन रेडक्रस उपशाखाको अधुरो भवन निर्माण कार्य सम्पन्न गर्न १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गर्नुभयो। साथै उहाँले ODF (खुला दिसामुक्त) सम्बन्धी कार्यक्रमहरू महुवन उपशाखामार्फत सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलले रेडक्रसको मानवीय सेवाको महत्वमाथि प्रकाश पार्दै आपत्, विपद्, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा उपशाखाको भूमिका अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

सभापति जदु प्रसाद साहले उपशाखाले हालसम्म गरेका मानवीय कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा स्वास्थ्य, सरसफाइ, विपद् व्यवस्थापन तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमहरूलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उपशाखाको समग्र विकास र सेवा विस्तारका लागि सबै सदस्य, स्वयंसेवक तथा सरोकारवालाहरूको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमले महुवन क्षेत्रमा रेडक्रसका गतिविधिहरूलाई थप सुदृढ बनाउने, अधुरा संरचना पूरा गर्ने तथा स्थानीय तहसँग सहकार्य बढाउने महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...