आमाको माया छात्रावासमा जाडोयाम लक्षित न्यानो सामाग्री बितरण

Date:

पर्सा पोस्ट , पौष १६ गते , बिरगंज ।
जाडोयाममा छात्रावासमा बसोबास गर्ने बालबालिकालाई न्यानोपन प्रदान गर्ने उद्देश्यले आमा को माया छात्रावासमा न्यानो सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। रोट्र्याक्ट क्लब अफ वीरगञ्ज महानगर तथा डिएभी स्कूलको इन्टरएक्ट क्लबको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा थर्मस, मोजा तथा पञ्जा वितरण गरिएको हो।

कार्यक्रमका आयोजक आलोक यादवका अनुसार उक्त अवसरमा २६ थान थर्मसका साथै मोजा र पञ्जा छात्रावासमा रहेका बालबालिकालाई प्रदान गरिएको थियो। कार्यक्रमको प्रायोजन प्रकाश कर्णले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवको उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा रोट्र्याक्ट क्लब अफ वीरगञ्ज महानगरका अध्यक्ष रामविनय यादव, डिएभी स्कूल इन्टरएक्ट क्लबकी अध्यक्ष नव्या खेतान, यूथ सर्भ सोसाइटीका अध्यक्ष नाकुल गुप्ता, रोट्र्याक्ट क्लब अफ वीरगञ्ज महानगरका पूर्व अध्यक्ष आलोक रजक कर्ण, रोट्र्याक्ट क्लबकी उपाध्यक्ष अञ्जली गर्ग, रोहन गुप्ता तथा हरिशंकर साह सहभागी हुनुहुन्थ्यो।

यसैगरी, डिएभी स्कूल इन्टरएक्ट क्लबका सदस्यहरू जेसिका यादव, मोहित मित्रुका, रिपु सिंह, प्रणव राज कर्ण र सिद्धार्थ शर्मा पनि कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले जाडोयाममा न्यानो सामग्री वितरणजस्ता समाजसेवामूलक कार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजक संस्थाहरूले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबै दाता, अतिथि तथा सहभागीहरूप्रति आभार व्यक्त गरेका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...