बिरगंजमा भएको प्याब्सन टि-१० क्रिक्रेटको फाईनल खेल सम्पन्न , जुनियर बोयज तर्फ ब्लु हेभन र गर्ल्स तर्फ लिटिल फ्लावर च्याम्पियन

Date:

पर्सा पोस्ट , पुष १५ गते , वीरगञ्ज।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालित दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेल मंगलबार सम्पन्न भएको छ।

आदर्शनगरस्थित रंगशालामा सम्पन्न फाइनल खेलमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्कृष्ट खेलकौशल प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए।

जुनियर बोयजतर्फ ब्लु हेभन स्कूलले साउथ जोन स्कूललाई पराजित गर्दै उपाधि जित्न सफल भयो भने साउथ जोन उपविजेतामा सीमित रह्यो। त्यसैगरी गर्ल्सतर्फ लिटल फ्लावर एकेडेमी स्कूलले नेशनल एकेडेमी स्कूललाई हराउँदै च्याम्पियन बन्न सफल भयो भने नेशनल एकेडेमी उपविजेता बन्यो।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेकी खेलाडी प्रीति साहनी ‘म्यान अफ द म्याच’ घोषित भइन्। प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय (गर्ल्स) र मनकामना सेकेन्डरी स्कूल (जुनियर बोयज) ले तेस्रो स्थान हासिल गरे।

विजेता तथा उपविजेता टोलीलाई वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेले शील्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए। सो अवसरमा उहाँले शिक्षा जत्तिकै खेलकुद पनि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै महानगरपालिकाले खेलकुद प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने बताए।

समापन समारोह प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन मधेस प्रदेश सल्लाहकार मनि पाख्रिङ, लालबाबु पटेल, जिल्ला अध्यक्ष स्वरूप प्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशिला शाह, सचिव अशोक संग्रौला, हिसान जिल्ला उपाध्यक्ष आलोक चौरसिया, नगर कोषाध्यक्ष सुरज बाबु पटेल, सदस्य विजय बल लगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य नगर उपाध्यक्ष शर्मानन्द कुशवाहाले राखेका थिए भने कार्यक्रम सञ्चालन नगर सचिव अमित आलोकले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...