प्याब्सन अन्तर विद्यालय टि-१० क्रिक्रेट : पाचौं दिन पाँच खेल सम्पन्न , केटा – केटि दुबै तर्फ रोमाञ्चक प्रतिस्पर्धा

Date:

पर्सा पोस्ट , पौष ०६ गते , बिरगंज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको अन्तर विद्यालय टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार पाँचौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।

वीरगञ्जको आदर्शनगर रङ्गशालामा सम्पन्न खेलहरूमा केटा तथा केटी दुवै तर्फका विद्यालय टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकहरूलाई उत्साहित बनाएका थिए।

पाँचौँ दिनको पहिलो खेल केटी तर्फ विकन स्कुल र रोयल एकेडेमीबीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा विकन स्कुलले रोयल एकेडेमीलाई ३ विकेटले पराजित गर्दै विजय हासिल गर्‍यो। उक्त खेलमा रोशिका बस्नेत ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

दोस्रो खेल केटा तर्फ साउथजोन र न्यु वेभबीच सम्पन्न भयो। साउथजोनले सशक्त प्रदर्शन गर्दै न्यु वेभलाई २८ रनले पराजित गर्‍यो। यस खेलमा नितेश पटेल ‘प्लेयर अफ द म्याच’ घोषित भए।

तेस्रो खेल केटी तर्फ गोल्डेन फ्युचर र मुनलाइटबीच भएको थियो। मुनलाइटले उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन फ्युचरलाई ३४ रनले पराजित गर्‍यो। मुस्कान गुप्ता ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

चौथो खेल केटा तर्फ लिटिल फ्लावर र श्री आदर्शबीच सम्पन्न भयो। लिटिल फ्लावरले ७ विकेटले सहज जित दर्ता गर्‍यो। उक्त खेलमा अभि कुमार यादव ‘प्लेयर अफ द म्याच’ बने।

पाँचौँ दिनको अन्तिम खेल केटी तर्फ चिल्ड्रेन्स वर्ल्ड र मास्कट एकेडेमीबीच भएको थियो। चिल्ड्रेन्स वर्ल्डले मास्कट एकेडेमीलाई २६ रनले पराजित गर्दै प्रभावशाली जित हात पार्‍यो। यस खेलमा चन्दनी साह ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी विद्यालय टोलीहरूबीचको प्रतिस्पर्धा दिनप्रतिदिन थप रोमाञ्चक बन्दै गएको छ। प्रतियोगिता आगामी दिनहरूमा पनि निरन्तर जारी रहने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...