पाब्सन बिरगंजद्वारा दोस्रो संस्करणको PABSON Girls तथा Junior Boys T10 नकआउट क्रिक्रेट प्रतियोगिता आयोजना

Date:

पर्सा पोस्ट , पुस ०१ गते बिरगंज ।
निजी तथा आवासीय विद्यालय संघ (PABSON) बिरगंजको आयोजनामा दोस्रो संस्करणको PABSON Girls तथा Junior Boys T10 Knockout Cricket Tournament आयोजना हुने भएको छ। विद्यालयस्तरमा क्रिकेटको विकास, अनुशासन, खेलभावना तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पाब्सन वीरगञ्जले जनाएको छ।

प्रतियोगितामा वीरगञ्ज महानगरपालिकाभित्रका विभिन्न विद्यालयहरूको सक्रिय सहभागिता रहनेछ। आयोजकका अनुसार प्रतियोगितामा ३६ वटा छात्रा (Girls) टिम र ४५ वटा जुनियर छात्र (Junior Boys) टिम सहभागी हुनेछन्।

प्रतियोगिताको उद्घाटन कार्यक्रम पुस २ गते बिहान ११ बजे वीरगञ्जस्थित आवासीय विद्यालय रंगशालामा हुने छ भने प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ। प्रतियोगिता T10 नकआउट प्रणालीमा आधारित रहनेछ।

यस प्रतियोगिताले बालबालिकालाई सीमित समयमै आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलमार्फत अनुशासन, सहकार्य र नेतृत्व विकासमा सहयोग पुग्ने आयोजकको विश्वास छ।
पुरस्कार विवरण
• विजेता : ट्रफी, प्रमाणपत्र तथा मेडल
• उपविजेता : ट्रफी र प्रमाणपत्र
• तेस्रो स्थान : ट्रफी
• प्लेट च्याम्पियनसिप विजेता : ट्रफी
• सहभागी विद्यालयहरू : प्रमाणपत्र
• प्रतियोगिताको उत्कृष्ट खेलाडी : ट्रफी तथा प्रमाणपत्र
• प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ : प्रमाणपत्र
• फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ : ट्रफी तथा प्रमाणपत्र
• तेस्रो स्थानको खेल : ट्रफी तथा प्रमाणपत्र
• प्लेट च्याम्पियनसिप फाइनल : ट्रफी तथा प्रमाणपत्र
• उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डर : ट्रफी तथा प्रमाणपत्र
• सर्वाधिक अनुशासित टिम : ट्रफी तथा प्रमाणपत्र

पाब्सन वीरगञ्जले विद्यालय, अभिभावक, शिक्षक, खेलप्रेमी तथा सरोकारवालाहरूलाई प्रतियोगिताको सफलताका लागि सहयोग र सहभागिताका लागि आग्रह गरेको छ। आयोजकले यस प्रतियोगिताले वीरगञ्ज क्षेत्रमा विद्यालयस्तरको क्रिकेटलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...