पाब्सन बिरगंजद्वारा दोस्रो ´ गल्स एन्ड जुनियर बोएज टि-१० क्रिक्रेट टुर्नामेन्ट आज देखि सुरु

Date:

पर्सा पोस्ट , पुस ०२ गते , वीरगञ्ज ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ आजदेखि वीरगञ्जको आदर्शनगर रङ्गशालामा सुरु भएको छ।

आदर्शनगर रङ्गशालामा आयोजित प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रमुख अतिथिका रूपमा गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले पढाइसँगै खेलकुदलाई समान महत्व दिन सके अनुशासित, आत्मविश्वासी र सक्षम नागरिक उत्पादन गर्न सकिने उल्लेख गरे।

मेयर सिंहले बालिका तथा जुनियर तहका विद्यार्थीलाई लक्षित यस्ता प्रतियोगिताले भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै खेलकुद प्रवर्द्धनका लागि वीरगञ्ज महानगरपालिका सधैं सहयोगी रहने प्रतिबद्धता पनि जनाए।

प्याब्सन वीरगञ्जका सचिव अमित आलोकले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शर्मानन्द कुशवाहले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। प्रतियोगितामा वीरगञ्जका ३६ वटा प्याब्सन सदस्य विद्यालयका टिमहरूको सहभागिता रहेको छ। जसमा ३३६ जना छात्रा र ४३४ जना जुनियर छात्र गरी कुल ७७० जना खेलाडीले प्रत्यक्ष सहभागिता जनाइरहेका छन्।

प्याब्सन वीरगञ्जका सचिव अमित आलोकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य महिला क्रिकेटलाई प्रोत्साहन गर्नुका साथै सानै उमेरदेखि बालबालिकालाई खेलकुदमा संलग्न गराई उनीहरूको सर्वाङ्गीण विकास गर्नु हो।

प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण, शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, प्याब्सन वीरगञ्जका वरिष्ठ उपाध्यक्ष सुशिला साह तथा सल्लाहकारहरू अशोक सङौला, आलोक चौरसिया र विजय बलको उपस्थिति रहेको थियो।

विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउने, अनुशासन, नेतृत्व क्षमता, आपसी सहयोग र टिमवर्कको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...