विधालयको पोसाकमा एकरुपता कायम गर्न माग , हिजाब / बुर्का हटाउन सुझाव , क्रिसमस डेमा जबर्जस्ति गतिविधि नगर आग्रह

Date:

पर्सा पोस्ट, पौष ०१ गते , वीरगञ्ज ।
हिन्दू सम्राट नेपाल, पर्सा जिल्लाले विद्यालयमा अध्ययनरत छात्रछात्राको पोसाक तथा धार्मिक गतिविधिबारे गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कार्यसमितिका अध्यक्ष बिकाश साहको नेतृत्वमा गएको टोलीले उक्त पत्र बुझाएको हो।

# एकसमान विद्यालय पोसाकको माग:

ज्ञापनपत्रमा विद्यालयमा अध्ययनरत छात्रछात्रा राष्ट्रका कर्णधार भएको उल्लेख गर्दै धार्मिक आधारमा फरक–फरक पोसाकले विद्यालय वातावरणमा असहजता र विवाद सिर्जना गर्न सक्ने तर्क गरिएको छ। त्यसैले मुस्लिम तथा हिन्दू छात्रछात्राबीच कुनै भेदभाव नहोस् भन्नका लागि विद्यालयमा एकसमान पोसाक अनिवार्य गर्नुपर्ने माग गरिएको छ।

पत्रमा विद्यालय पोसाकको नाममा हिजाब वा बुर्का लगाउने प्रचलन तत्काल बन्द गर्नुपर्ने सुझावसमेत दिइएको छ। साथै, धार्मिक पहिरन अनिवार्य मान्ने अभिभावकहरूले आफ्ना छोरीहरूलाई इस्लामिक विद्यालयमा अध्ययन गराउन सक्ने विकल्प रहेको उल्लेख गरिएको छ।

#क्रिसमस डे सम्बन्धी ध्यानाकर्षण:

हिन्दू सम्राट नेपालले आउँदो डिसेम्बर २५ (क्रिसमस डे) का दिन विद्यालयहरूमा हिन्दू विद्यार्थीहरूलाई जबरजस्ती सान्टा बनाउने वा धार्मिक गतिविधिमा संलग्न गराउने कार्य नगर्न पनि प्रशासनको ध्यानाकर्षण गराएको छ।

उक्त ज्ञापनपत्रमार्फत विद्यालयहरूलाई धार्मिक रूपमा तटस्थ राख्दै शैक्षिक वातावरण शान्त, मर्यादित र समावेशी बनाइराख्न प्रशासनले आवश्यक पहल गर्नुपर्ने माग गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...