कोहिनूर बचत तथा ऋण सहकारीको १५ औं वार्षिक साधारणसभा सम्पन्न , उत्कृष्ट शेयर सदस्यलाई सम्मान

Date:

पर्सा पोस्ट , बीरगञ्ज, मंसीर २६ गते , बिरगंज ।
कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा बीरगञ्जस्थित होटल भिस्वामा भव्य रूपमा सम्पन्न भएको छ।

साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाकी संस्थापक अध्यक्ष मोस्तकीमा खातुनले गर्नुभयो। उद्घाटन मन्तव्यमा उहाँले संस्थाले विगत १५ वर्षदेखि जनताको विश्वास जित्दै निरन्तर प्रगति गरेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। समयमै साधारण सभा सम्पन्न गर्नुले संस्थाको सुशासन र व्यवसायिक सफलतालाई स्पष्ट रूपमा देखाएको उहाँको भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि नेशनल मेडिकल कलेज तथा नेपाल मेडिकल कलेज एण्ड कर्पोरेट डेभलपमेन्टका अध्यक्ष प्रो. डा. जेनुद्दिन अन्सारीले संस्थाका अध्यक्ष इसरत जहान अन्सारीको नेतृत्वको प्रशंसा गर्दै कोहिनुर बचत तथा ऋण सहकारीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले कर्मचारीहरूको कडा मेहनत र सञ्चालक समितिको कुशल व्यवस्थापनका कारण संस्थाले सकारात्मक नतिजा हासिल गर्न सफल भएको बताउनुभयो। साथै हालसम्म संस्थासँग सम्बन्धित कुनै पनि नकारात्मक गतिविधि बाहिर नआएकाले आम नागरिकलाई ढुक्क भएर कारोबार गर्न आग्रह गर्नुभयो।

साधारण सभाको अवसरमा उत्कृष्ट सेयर सदस्य रिन्की चौधरी, भरत प्रसाद कोइरी, कृष्ण शाह कानु, रबिना खातुन तथा शेख गौसुल आजमलाई खादा–माला लगाई मायाको चिनोसहित सम्मान गरिएको थियो। यसैगरी प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थाका कर्मचारी, लगानीकर्ता, सेयरधनी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साधारण सभा संस्थाका अध्यक्ष इसरत जहान अन्सारीको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उज्वल शर्माले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...