अजित कुमार भुजेल , ललितपुर । सन्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् ।
शुक्रबार ललितपुरमा आयोजीत नेपाल डेरि एसोसियसनको बागमती प्रदेशको साधारणसभामा बागमती प्रदेश सभाकी उपसभामुख माननीय अप्सरा चापागाईंले बजगाईलाई सम्मान गरेकी हुन ।
नेपाल डेरि एसोसिएसन बागमती प्रदेशको ५ औं बार्षिक साधारणसभा , नेपाल डेरि एसोसिएसन काठमाडौं जिल्ला समितिको दोस्रो र ललितपुर दुग्ध व्यवसायी समितिको १० औं बार्षिक साधारणसभाको अवसरमा बजगाईलाई सम्मान गरिएको छ ।
बिगत दुई दशक देखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्याए बापत सम्मान गरिएको नेपाल डेरि एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा उपसभामुख चापागाईं , नेपाल डेरि एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल , दुग्ध बिकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र कुमार यादव , डेरि एसोसिएसनका पुर्व अध्यक्ष सुमित केडिया लगायतले दोसल्ला र समानपत्र प्रदान गरेका थिए ।
बजगाई पत्रकार महासघ काभ्रे , प्रेस चौतारी काभ्रे र अनलाइन मिडिया संजालका सल्लाहकार , नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डटकमका सन्चालक / प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन् ।