पर्सा पोस्ट, मंसिर १५ गते, बिरगंज।
वीरगञ्ज स्कूल्स कप २०८२ अन्तर्गत आज सम्पन्न दुई रोचक खेलहरूमा बाल एकता सेकन्डरी इङ्ग्लिस बोर्डिङ स्कूल र साउथ जोन सेकन्डरी स्कूल विजयी भएका छन्।
🔹 पहिलो खेल : बाल एकताको ६२ रनको प्रभावशाली विजय
टस जितेर पहिले ब्याटिङ गरेको बाल एकता सेकन्डरी इङ्ग्लिस बोर्डिङ स्कूल ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको राम्रो लक्ष्य प्रस्तुत गर्यो।
जवाफमा कदम्बरी सेकन्डरी स्कूल १८.३ ओभरमै १० विकेट गुमाउँदै ७८ रनमा समेटियो।
यससँगै बाल एकताले खेल ६२ रनले जितेको घोषणा गरियो।
आजको म्यान अफ द म्याच सनी शाह घोषित भए, जसले २ ओभरमा ७ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिए।
🔹 दोस्रो खेल : साउथ जोन २२ रनले विजयी
दोस्रो खेलमा अल्पाइन सेकन्डरी स्कूल र साउथ जोन सेकन्डरी स्कूल आमनेसामने भए।
टस जितेर अल्पाइनले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको साउथ जोनले १८.३ ओभरमा ११८ रन बनायो।
जवाफमा अल्पाइनले पूरा २० ओभर खेले पनि ९ विकेट गुमाउँदै ९६ रन मात्र जोड्न सक्यो र खेल २२ रनले साउथ जोनले जित्यो।
आजको म्यान अफ द म्याच मिस्बाबुल अन्सारी घोषित भए। उनले ३८ रन बनाउनुका साथै २ विकेट पनि लिए।
🔸 भोलिका खेल (पाँचौँ दिन) – सेमिफाइनल भिडन्त
खेलटीमहरूसमयपहिलो सेमिफाइनलग्रीन ल्याण्ड vs साउथ जोनबिहान ९:०० बजेदोस्रो सेमिफाइनलविद्या सदन vs बाल एकतादिउँसो १२:०० बजे
दुवै खेल नारायणी क्रिकेट ग्राउन्डमा नियमित समयमा सुरु हुनेछ।
भोलिका खेलहरूले प्रतियोगिताको फाइनल प्रवेश गर्ने टोली निर्धारण गर्नेछन्।