पर्सा पोस्ट, मंसिर १५ गते, बिरगंज।
बिरगंज–२५ स्थित बहुवरी ड्राइपोर्ट चोकबाट मानसिक अवस्था कमजोर देखिएका करिब ३५ वर्षीय एक पुरुषलाई सोमबार दिउँसो मानव सेवा आश्रम वीरगञ्ज शाखाले उद्धार गरेको छ।
आफूको नाम–थर खुलाउन नसक्ने ती पुरुषलाई दिउँसो करिब ३:१५ बजे कठिन अवस्थाबाट सुरक्षित रुपमा उद्धार गरी आश्रममा लैजाइएको आश्रमले जनाएको छ।
उद्धारकार्यमा मानव सेवा आश्रमका संस्थापक अभियन्ता देवेश कुमार गुप्ता, संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नागेश्वर यादव तथा प्रहरी चौकी श्रीसियाको टोलीको सक्रिय सहभागिता रहेको थियो। आश्रममा लगतै ती पुरुषको स्वास्थ्य परीक्षण तथा सरसफाइ गराइएकाे छ। डा. भरत गोईको चिकित्सकीय निगरानीमा उनलाई थप उपचार तथा मनोसामाजिक सहयोग प्रदान गरिने आश्रमले बताएको छ।
# घरविहीनहरूकाे आश्रय — मानव सेवा आश्रम:
मानव सेवा आश्रम वीरगञ्जले सडकमा भौंतारिँदै भोक, रोग र पीडासँग संघर्ष गरिरहेका घरविहीन, असहाय, वृद्ध–वृद्धा तथा मानसिक सन्तुलन गुमाएका नागरिकहरूलाई उद्धार गरी भोजन, उपचार, आश्रय र जीवन बाँच्ने आधार प्रदान गर्दै आएको छ।
खुल्ला आकाशमुनि कष्टकर बाँच्न बाध्य हेय दृष्टिले हेरिएका मानिसहरूलाई घर, परिवार र सम्हाल्ने हात जस्तै सेवा प्रदान गर्दै आएको आश्रमको मूल मन्त्र “मानव सेवा नै धर्म हो” आज पनि यथार्थ रूपमै अनुवादित भइरहेको छ।
# उद्धारमा संलग्न सबैप्रति धन्यवाद:
सडकमा पीडा बोकेर बाँचिरहेका मानिसहरूप्रति करुणाको हात बढाउँदै समाजलाई प्रेरित गर्ने उद्धारकर्ताहरू— आश्रमका अभियन्ता, संयोजक, प्रहरी जवान, स्थानीय प्रहरी तथा समर्थक सबैलाई हार्दिक धन्यवाद।
मानवता जिउँदो रहन्छ, यदि हामीले एक–अर्कालाई हात थाम्न सके। मानव सेवा आश्रमको यो सतत् अभियानलाई प्रत्येक व्यक्तिको स mall सहयोग, सद्भाव र सकारात्मक दृष्टिकोणले अझ सशक्त बनाउन सकिन्छ।