पर्सा पोस्ट, मंसिर ०८ गते, बिरगंज । लायन्स क्लब बिरगंज परिवारअन्तर्गत लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, मेट्रो सिटी, फ्रेन्डजोन, कुटुम्ब र एक्सिलेन्सको संयुक्त आयोजनामा सञ्चालित इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चयन चरण आज हरि खेतान बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ।
“डिजिटल युगमा सामाजिक सञ्जाल : युवावर्गमा प्रेरणा कि मानसिक तनाव?” भन्ने विषयमा भएको प्रतिस्पर्धामा १० कलेजमध्ये तेस्रो चरण अन्तर्गत ४ महिला र ४ पुरुष विद्यार्थीले भाग लिएका थिए। तीमध्ये कक्षा ११ की छात्रा चन्द्रकान्ता महत्तो थारु तथा कक्षा ११ का छात्र अदिती महत विजेता बन्दै फाइनल चरणका लागि चयन भएका छन्। महिला र पुरुष दुवैतर्फबाट एक–एक जनालाई फाइनलमा प्रवेश गराइएको हो।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज मेट्रोसिटीका अध्यक्ष लायन उमेश गुप्ताले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथिमा उद्योग वाणिज्य संघका मनोज उपाध्याय, विशिष्ट अतिथिमा डिस्टRICT एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना, को–चिफ लायन उमेश शर्मा, डिस्टRICT चिफ लायन श्याम गुप्ता, डिस्टRICT चिफ लायन गुड्डी जोशी तथा रिजन चेयर पर्सन एवं कार्यक्रम संयोजक लायन सन्दिप गुप्ता कानु उपस्थित थिए।
त्यसबाहेक लायन्स परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साह, कुटुम्बकी अध्यक्ष लायन रचना प्याकुरेल, फ्रेन्डजोनका अध्यक्ष लायन सर्वन साह, एक्सिलेन्सका जोन चेयर पर्सन लायन मनोज उपाध्याय, मेट्रोसिटीका कोषाध्यक्ष लायन अंकित चौरसिया तथा कलेजका चेयरम्यान रबिन्द्र कुमार यादव सहित कलेजका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार कलेजतर्फबाट रबिन्द्र यादव तथा कलेज टोलीको सहयोगमा कार्यक्रम भव्यरूपमा सम्पन्न गरिएको छ।