गरिमा बिकास बैंक बिरगंज शाखाले आफ्नो १९ औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, मंसिर ०७ गते , बिरगंज ।
गरिमा विकास बैंक बिरगंज शाखाले आफ्नो १९औं वार्षिकोत्सव अवसरमा शनिवार भव्य रक्तदान कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्वप्रति प्रतिवद्धता पुनः दोहोर्याएको छ। प्रत्येक वर्षजस्तै यस वर्ष पनि बैंकले रक्तदानमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि एफ.एन.सि.सि.आइ बिरगंजका नयाँ अध्यक्ष अनिल कुमार अग्रवालले ब्यानरमा हस्ताक्षर गरी केक काट्दै कार्यक्रमको उद्घाटन गर्नुभयो।

बैंकका बिरगंज शाखा प्रबन्धक राजीव कुमार झाले स्वागत मन्तव्य प्रस्तुत गर्दै बैंकले ग्राहकमैत्री सेवा, डिजिटल बैंकिङ विस्तार तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाइरहेको जानकारी दिनुभयो।

शाखा प्रबन्धक झाका अनुसार वार्षिकोत्सवको अवसरमा गरिएको रक्तदान कार्यक्रम वित्तीय कारोबारका बीच पनि समाजसेवामा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो। बैंकका मधेस प्रदेश प्रमुख दयाकान्त साहले बैंकलाई आजको उचाइमा पुर्‍याउन सहयोग गर्ने ग्राहक, साझेदार तथा आम नागरिकप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

रक्तदान कार्यक्रममा करिब ५० भन्दा बढी व्यक्तिहरू सहभागी भएका थिए। तीमध्ये करिब ३० भन्दा बढी महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने करिब २० भन्दा बढी पुरुषहरूले रक्तदान गरेका थिए। रक्तदाताहरूलाई प्रमुख अतिथि अग्रवालबाट प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमध्ये गरिमा विकास बैंक मधेस प्रदेश प्रमुख दयाकान्त साह, लायन्स क्लब इन्टरनेशनलका पास्ट डिस्ट्रीक्ट गभर्नर देवकी चन्द अग्रवाल रहेका थिए। साथै नेपाल पत्राचार महासंघका पूर्व उपाध्यक्ष युराज खड्का, जीवनजोति स्कुलका अध्यक्ष शिवकुमार गुप्ता, एन्जलवल्र्ड स्कुलका अध्यक्ष रामराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

नेपाल रेडक्रस सोसाइटीबाट सौरभ राज पाण्डे तथा प्राविधिक लिलाधर साह कार्यक्रमका सहयोगी रूपमा उपस्थित थिए।

कार्यक्रमको अध्यक्षता गरिमा विकास बैंक बिरगंज शाखाका प्रबन्धक राजिव कुमार झाले र कार्यक्रम सञ्चालन बैंकका क्रेडिट इन्चार्ज चन्दन साहले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...