डिजिटल ठगी रोकथामको लागि नेपाल राष्ट्र बैंकले बिरगंजमा पत्रकार सम्मेलन , ” गुनासो सुनवाई डेस्क ” छिटै संचालनमा

Date:

पर्सा पोस्ट, मंसिर ०५ गते, बिरगंज ।
डिजिटल कारोबारसँगै तीव्र गतिमा बढ्दै गएको अनलाइन ठगी, फेक इन्भेस्टमेन्ट स्किम, कपी ट्रेडिङ, अफिलिएट मार्केटिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर अपराधबारे जनचेतना अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयले शुक्रबार एक पत्रकार सम्मेलन सम्पन्न गरेको छ। कार्यक्रम बैंकको सभाहलमा आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख निर्देशक सुशील भट्टराईले पछिल्ला वर्षहरूमा डिजिटल माध्यममार्फत गरिने ठगीका प्रकार, चुनौती तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रस्तुत गर्दै फर्जी लिंकमार्फत हैकिङ, OTP/PIN/पासवर्ड चोरी, फेक इन्भेस्टमेन्टको प्रलोभन, अपरिचित एप डाउनलोड गराउने जस्ता गतिविधि अत्यधिक बढेको बताए। उनका अनुसार सजिलो आम्दानीको लालच, साइबर सुरक्षाबारे कम ज्ञान र अनधिकृत विज्ञापनमा विश्वास गर्नु ठगीका प्रमुख कारणहरू बनेका छन्।

बढ्दो उजूरी र सार्वजनिक समस्या समाधानलाई दृष्टिगत गर्दै नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयमा ‘गुनासो सुनुवाइ डेस्क’ स्थापना प्रक्रिया अन्तिम चरणमा पुगेको भट्टराईले जानकारी दिए। यस डेस्कले डिजिटल कारोबार तथा बैंकिङ सेवासम्बन्धी गुनासो छरितो रूपमा समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

प्रमुख निर्देशक भट्टराईले अनलाइन ठगीबाट बच्न सावधानी अपनाउन सबैलाई आग्रह गर्दै अपरिचित लिंकमा क्लिक नगर्न, अनधिकृत एप डाउनलोड नगर्न, व्यक्तिगत विवरण कसैसँग नबाँड्न तथा नेपाल राष्ट्र बैंकले अनुमति नदिएका वित्तीय क्रियाकलापमा सहभागी नहुन चेतावनी दिए।

नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने लक्ष्यअनुसार नियमन र निगरानी प्रणालीलाई थप कडा बनाइने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...