बिश्व मधुमेह दिवस -२०२५ को अवसरमा बिरगंजमा निसुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न

Date:

पर्सा पोस्ट, कार्तिक २८ गते, बिरगंज। विश्व मधुमेह दिवस–२०२५ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको पहल तथा रोटार्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको सहकार्यमा आज बिहान निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श कार्यक्रम घडिअर्वा पोखरीमा सम्पन्न गरिएको छ।

बिहान ६:०० देखि ८:०० बजेसम्म सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाहरूलाई ब्लड सुगर परीक्षण, BMI चेकअप, रक्तचाप मापन तथा मधुमेहसम्बन्धी स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।

कार्यक्रममा १२४ पुरुष र १७ महिला सहित कुल १४१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए।

स्थानीय समुदायको उत्साहपूर्ण सहभागिताले क्षेत्रमै मधुमेहबारे जनचेतनाको आवश्यकता र चासो बढ्दो क्रममा रहेको स्पष्ट भएको आयोजक संस्थाहरूले बताएको छ।

वक्ताहरूले विश्वभर तीव्र रूपमा फैलिँदै गएको मधुमेह एक गम्भीर जनस्वास्थ्य चुनौती भएकाले यसको रोकथाम, प्रारम्भिक पहिचान तथा नियमित निगरानी अत्यावश्यक रहेको उल्लेख गरे। साथै, समुदायमुखी स्वास्थ्य सेवामा नेशनल मेडिकल कलेजको निरन्तर योगदानको प्रशंसा पनि गरिएको थियो।

कार्यक्रममा नेशनल मेडिकल कलेजतर्फबाट डा. अनिल साह (कन्सल्टेन्ट), इञ्जिनियर प्रदीप चौधरी (मुख्य सूचना अधिकारी), जितेश चन्द्र दास (मार्केटिङ प्रबन्धक), ब्रज किशोर चौधरी (ओपरेशन्स तथा क्वालिटी प्रबन्धक), बिश्वनाथ कन्थ (वरिष्ठ प्रशासन अधिकृत) तथा डा. प्रसान्त भण्डारी (प्रेसिडेन्ट–स्टुडेन्ट क्लब) उपस्थिति रहेका थिए।

त्यस्तै, Rotaract Club of United Birgunj तर्फबाट रोजनी भट्टराई (अध्यक्ष), शुजल ठाकुर (सचिव) तथा सन्दीप राज ओझा (कार्यक्रम संयोजक) सक्रिय रूपमा सहभागी भएका थिए।

समुदायका स्थानीय, विद्यार्थी, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा रोटार्याक्ट सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल, प्रभावकारी र उद्देश्यपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...