पर्सा प्रहरीद्वारा ठुलो परिमाणको गाजा सहित ३ भारतीय नागरिक पक्राउ

Date:

पर्सा पोस्ट, कार्तिक २८, बीरगंज। पर्सा जिल्लामा लागुऔषध नियन्त्रण अभियान पछिल्ला दिनमा झन् सशक्त र प्रभावकारी बन्दै गएको छ। पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकको निर्देशन र सक्रिय नेतृत्वमा सञ्चालित विशेष अपरेसनअन्तर्गत प्रहरीले ठूलो परिमाणको गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

घटनासम्बन्धी विवरणअनुसार, २०८२ साल कात्तिक ২৬ गते दिउँसो करिब १२ बजे विशेष सूचनाको आधारमा प्रहरी चौकी मनवाबाट खटिएको टोलीले पर्सागढी नगरपालिका–९ स्थित बडेर्वा पेट्रोलपम्प नजिक चेकजाँच सञ्चालन गरेको थियो। भारततर्फ पैदल जाँदै गरेका तीन शंकास्पद व्यक्तिलाई रोकेर सोधपुछ एवं कानूनी प्रक्रिया पूरा गरी तलासी गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएको गाँजा तथा अन्य सामग्रीसहित तीनै जनालाई घटनास्थलमै नियन्त्रणमा लिइएको थियो। पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको र यसका लागि पर्सा जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक तथा पर्सा प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले बताए।

प्रवक्ता बस्नेतका अनुसार, पर्सा जिल्ला भौगोलिक तथा सीमा संरचनाका कारण लागुऔषध तस्करीका लागि संवेदनशील तथा जोखिमयुक्त ट्रान्जिट प्वाइन्टको रूपमा परिचित छ। भारतसँगको खुला सिमाना, सहज आवाजाइ र तस्करी नेटवर्कको सक्रियताका कारण लागुऔषध ओसारपसार नियन्त्रण प्रशासनका लागि चुनौतीपूर्ण बन्दै आएको छ।

यद्यपि, यस्तो चुनौतीबीच पनि सीमा क्षेत्रमा कडाइका साथ निरीक्षण, चेकजाँच, सूचना संकलन, निगरानी र विशेष अपरेसन निरन्तर रूपमा अघि बढाइरहेको प्रहरीले जनाएको छ। एसपी पाठकको नेतृत्वमा जिल्लाभरि सञ्चालन भइरहेका सुरक्षात्मक गतिविधिहरूले पछिल्ला दिनमा लागूऔषध कारोबार नियन्त्रणमा उल्लेखनीय प्रभाव पारेको प्रहरीको दाबी छ।

पर्सा प्रहरीले आगामी दिनमा पनि लागुऔषध कारोबारमा संलग्न समूह वा व्यक्तिविरुद्ध निरन्तर, दृढ र कडा कारबाही जारी राख्ने स्पष्ट प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...