” बाल प्रतिभा क्विज च्यालेन्ज -२०८२” सम्पन्न : एन्जल ईग्लिस बोर्डिङ स्कूल प्रथम , बिधा सदन द्वितिय र लर्ड बुद्ध स्कुल तृतीय

Date:

पर्सा पोस्ट, कार्तिक २८ गते, बिरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) पर्सा जिल्ला समिति र वीरगंज महानगर समितिको संयुक्त आयोजनामा “बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” अन्तर–विद्यालय स्तरीय प्रतियोगिता शुक्रबार बीरगंज पब्लिक कलेजको नयाँ भवन, पानिटकीमा सम्पन्न भएको छ।

“Let All the National Private & Boarding Schools Be Unite” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताको सञ्चालन क्विज मास्टर छेडुप लामाले गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेले यस्ता गतिविधिले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न महत्वपूर्ण योगदान गर्ने बताउँदै, “शिक्षालाई गुणस्तरीय, अनुशासित र व्यवहारिक बनाउने उद्देश्यले महानगरले निरन्तर सहयोग गर्दै आएको छ,” भने। प्रतियोगितामा पर्साका ११ विद्यालय सहभागी रहेका थिए।

विजेता विद्यालयहरू यसप्रकार छन् :

• प्रथम : एन्जल इंग्लिस बोर्डिङ स्कूल
• द्वितीय : विधा सदन इंग्लिस बोर्डिङ स्कूल
• तृतीय : लर्ड बुद्ध स्कुल

विजेता टोलीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। भोलि घन्टाघरस्थित क्लासिक बैंक्वेटमा हुने प्रदेशस्तरीय प्रतियोगितामा आज उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूले प्रतिनिधित्व गर्नेछन्।

कार्यक्रम नेसनल प्याब्सन पर्सा जिल्ला समितिका अध्यक्ष रामकुमार श्रेष्ठ र महानगर समितिका नगर अध्यक्ष सोनालाल पटेलको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षाविद्, विद्यालय सञ्चालक, शिक्षक तथा अभिभावकको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सुर्यानारायण बिकले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...