भाष्कर हर्वास्युटिकल्सबाट महानगरलाई पाँच थान ल्यापटप सहयोग

Date:

पर्सा पोस्ट , कात्तिक २७ गते , बिरगंज । भास्कर हर्वास्युटिकल्स प्रा.लि.ले वीरगंज महानगरपालिकालाई पाँच थान ल्यापटप सहयोग गरेको छ। उद्योगले यो सहयोग सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरेको हो।

गएको भदौ २३ र २४ गते ‘जेन्जी’ आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन तथा कार्यालय सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका थिए। त्यस घटनापछि महानगरको प्रशासनिक कामकाज र सेवा प्रवाहमा कठिनाइ आइरहेको थियो।

त्यो अवस्थालाई मध्यनजर गर्दै भास्कर हर्वास्युटिकल्स प्रा.लि.ले कार्यालय सञ्चालनमा सहयोग पु–याउने उद्देश्यले पाँच थान ल्यापटप हस्तान्तरण गरेको हो। आज वीरगंज महानगरपालिकामा आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवालले ल्यापटपहरू महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा बोल्दै अग्रवालले समाज र स्थानीय निकायसँग सहकार्यलाई प्राथमिकता दिने कम्पनीको नीति अन्तर्गत यो सहयोग गरिएको बताए। उनले भने,“वीरगंज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय हो। त्यस समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व हो।”

त्यस अवसरमा महानगर प्रमुख राजेशमान सिंहले भास्कर हर्वास्युटिकल्सप्रति आभार व्यक्त गर्दै भने, “भदौको घटनापछि महानगरका पूर्वाधार र उपकरण नष्ट हुँदा सेवा प्रवाहमा चुनौती आएको थियो। यस्ता सहयोगहरूले पुनःस्थापनामा ठूलो मद्दत पु–याइरहेका छन्। हामी दातृ संस्था र उद्योगसँग सहकार्यमा अघि बढ्नेछौं।”

यसअघि पनि सूर्य नेपाल प्रा.लि., वीरगंज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, औषधी व्यवसायी संघ, के.एन.पी. जापान र बृटानिया लगायतका संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्रीहरू सहयोग गरिसकेका छन्।

महानगरपालिकाले यस्ता सहकार्य र सहयोगका कार्यक्रमहरू मार्फत पालिकाबाट प्रदान गरिने सेवाको पुनःस्थापना र डिजिटल प्रशासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...