बाढिपिडितका लागि बिहान र बेलुकी दुई छाक खाना बितरण अभियान सुरु

Date:

पर्सा पोस्ट, असोज १९ गते, बिरगंज । जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग बाणिज्य संघ पर्साका सभापति हरि गौतम, र नेपाल रेडक्रस सोसाइटी वीरगंजका सभापति बृजकिशोर पटेल लगायतको सहयोगमा आजदेखि बाढीपीडितहरूका लागि बिहान र बेलुकी दुई छाक पोसिलो खाना वितरण गर्ने अभियान सुरु गरिएको छ।

नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईका अनुसार, पहिलो दिन २५० जनाका लागि खाना तयारी गरी वितरण गरिएको हो। बिगत दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पर्सा जिल्लाका विभिन्न स्थानहरूमा बाढीले घरबार बिहिन बनाएका परिवारहरूका लागि यो मानवीय पहल गरिएको बताइएको छ।

अध्यक्ष चौगाईले आवश्यक परे अभियानलाई अझ व्यापक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार, समाजका स्वयंसेवकहरू निरन्तर रूपमा प्रभावित क्षेत्रहरूमा पुगेर राहत वितरण तथा सहयोग कार्यमा संलग्न छन्।

यस पहलले बाढीपीडितहरूलाई राहतका साथै सामाजिक एकता र मानवीय संवेदनाको सन्देश दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...