बिरगंजमा भन्सार छली सामान बरामद ।

Date:

पर्सा पोस्ट, असोज ७ गते, वीरगञ्ज। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित नगवा पानी ट्याङ्की नजिक बालकुमार राउत कुर्मीको घरको सटरमा भन्सार छली गरी चोरी–पैठारी गरेर भण्डारण गरिएको सामान बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नं. १३ गण पर्साले आज बिहान ठूलो अभियान सञ्चालन गरेको हो।

प्र.सी.सु.गुल्म वीरगञ्जका स.प्र.ना.उ. पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जना सुरक्षाकर्मी र वीरगञ्ज भन्सार कार्यालयका ना.सु. सुवर्ण पौडेलसहित २ जनाको संयुक्त टोली खटिएको थियो।

तलासी क्रममा करिब रु. ५ लाख बराबरका कपडा तथा किराना सामान बरामद भएको सुरक्षाकर्मीहरूले जनाएका छन्। बरामद गरिएका सामानलाई कानूनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको जानकारी दिइएको छ।

यस कारबाहीपछि स्थानीय क्षेत्रमा भन्सार छलीका गतिविधि नियन्त्रणमा आउने र व्यापारी तथा सर्वसाधारणलाई कानूनी दायराभित्र रहेर व्यापार गर्न प्रेरित हुने विश्वास व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...